Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारप्राकृतिक इन्धनसम्बन्धी कम्पनीले १० वर्षमा गुमाए एक खर्ब २० अर्ब डलर

प्राकृतिक इन्धनसम्बन्धी कम्पनीले १० वर्षमा गुमाए एक खर्ब २० अर्ब डलर


पेरिस ।
विभिन्न वनस्पति र जीवजन्तुको अवशेषबाट प्राकृतिक रुपमा प्राप्त हुने इन्धन उत्पादन गर्ने कम्पनीहरुले १० वर्षमा एक खर्बभन्दा धेरै डलर गुमाएका छन् । फोसिल फ्युल अर्थात् प्राकृतिक इन्धन उत्पादनसँग सम्बन्धित जारी हुने सेयर तथा यससम्बन्धी कम्पनीले बितेको १० वर्षमा एक खर्ब २३ अर्ब अमेरिकी डलर नोक्सानी व्यहोरेको एएफपीले जनाएको छ ।

वर्ल्ड इक्विटिज इन्डेक्समा ५२ प्रतिशतले यी कम्पनीहरुको अवस्था ओरालो लागेको हो । प्राकृतिक इन्धनमा कोइला, कच्चा तेल र प्राकृतिक ग्यास पर्छन् । बुधबार यसबारे प्रकाशित विश्लेषणअनुसार यसको तुलनामा नवीकरणीय ऊर्जा क्षेत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)ले नयाँ उचाइ प्राप्त गरेको छ ।

औद्योगिक क्षेत्रको बौद्धिक समूह कार्बन ट्र्याकरका अनुसार हाइ कार्बन इनर्जी क्षेत्रका लगानीकर्ताले ठूलै नोक्सानी भोगेका हुन् । सन् २०१० देखि २०२० सम्ममा फोसिल फ्युलतर्फका सार्वजनिक निष्काशन ८५ प्रतिशतले अर्थात् ७० अर्ब डलरबाट १० अर्ब डलरमा घटेको छ । यही समयमा नवीकरणीय क्षेत्रको सार्वजनिक निष्काशन कीर्तिमानी ११ अर्ब डलरको भएको छ ।

त्यस्तै यो अवधिमा यस्तो इन्धन उत्पादक, पाइपलाइन र सेवा प्रदायकले जारी गरेको करिब ६ खर्ब ४० अर्ब डलरको सेयरमात्रै लगानीकर्ताले खरिद गरेका छन् । यो भनेको कुलमध्ये २० प्रतिशत कम भएको उल्लेख गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया