Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानको खाद्य आयात ५४ प्रतिशतले बढ्यो

पाकिस्तानको खाद्य आयात ५४ प्रतिशतले बढ्यो


इस्लामावाद ।
पाकिस्तानको खाद्य आयाततर्फको रकम ५४ दशमलव ४५ प्रतिशतले बढेर छ अर्ब १२ करोड अमेरिकी डलर पुगेको छ । चालू आर्थिक वर्षको नौ महिनामा वर्षगत तुलनामा पाकिस्तानको खाद्य आयात बढेको देखिएको हो ।

चिनी र गहुँको आयात बढ्दा खाद्य आयात फराकिलो भएको हो । स्वदेशमै यी उत्पादनमा ह्रास आएपछि आयात बढेको पाकिस्तानी मिडियाले जनाएका छन् । यसले सरकारलाई व्यापारघाटामा थप असहज बनाएको बताइएको छ । यो वर्षको उक्त अवधिमा १५.४८ प्रतिशत आयात भएको छ । गत वर्ष उक्त दर ११.३८ प्रतिशत मात्रै थियो । उक्त अवधिमा खाद्य तेल आयात पनि बढेको छ । त्यसमा पाम तेल ३४.८३ प्रतिशतले आयात वृद्धि भएको छ । फलफूल तथा तरकारी, घिउलगायतका वस्तु आयात पनि बढेको छ ।

उक्त अवधिमा पाकिस्तानले ३६ लाख १२ हजार टन गहुँ आयात गरेको छ । यो भनेको ९८ करोड ३३ लाख अमेरिकी डलरबराबरको आयात हो । त्यस्तै दुई लाख ७९ हजार पाँच सय २९ टन चिनी आयात गरेको छ । गत वर्ष यस्तो आयात ४ हजार ७ सय ५१ टन मात्रै आयात भएको थियो । नौ महिनामा ५ हजार ३ सय ३५ प्रतिशतले चिनी आयात बढेको हो । यता चिया, ड्राइफ्रुट, दुग्धजन्य वस्तु लगायतको आयात पनि बढेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया