Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा थप ४२ हजार १५ नयाँ संक्रमित

भारतमा थप ४२ हजार १५ नयाँ संक्रमित


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट नयाँ ४२ हजार १५ जना संक्रमित भएका संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । भारतमा हाल कुल संक्रमितको संख्या तीन करोड १२ लाख १६ हजार भन्दा बढी पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या चार लाख सात हजार एक सय ७० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप चार सय ८९ जनाको मृत्यु भएको छ । तर महाराष्ट्र राज्यले कोरोना संक्रमणका कारण पहिले नै ज्यान गुमाएका तर तथ्यांकमा छुटेका व्यक्तिको नाम दिएको हुनाले गत २४ घण्टामा कोरोना संक्रमितको कारण मृत्यु भएकाको संख्या तीन हजार नौ सय ९८ भएको मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल संख्या भारतमा अहिलेसम्म चार लाख १८ हजार चार सय ८० पुगेको पनि सो मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३६ हजार नौ सय ७७ कोरोना मुक्त भएपछि भारतमा तीन करोड तीन लाख ९० हजार सात सय १० व्यक्ति कोरोना मुक्त भएका छन् ।

भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ९१ लाख ५३ हजार दुई सय ७३ जनाको स्वाब परीक्षण गरिएको छ । त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४१ करोड ५४ लाख ७२ हजार चार सय ५५ वटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया