Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलिथुआानियाले जनतालाई भन्यो– साओमी र हुवावेका फोन नबोक, खतरा छ

लिथुआानियाले जनतालाई भन्यो– साओमी र हुवावेका फोन नबोक, खतरा छ


लिथुआानिया । लिथुआनियाले मानिसहरुलाई चिनियाँ मोबाइल नबोक्न आग्रह गरेको छ । त्यहाँको प्रतिरक्षा मन्त्रालयले चिनियाँ कम्पनीका फोनहरु नकिन्न नै भनेको बीबीसीले जनाएको छ ।

राष्ट्रिय साइबर सुरक्षा सेन्टरले चिनियाँ फाइभजी मोबाइलको परीक्षण गरी प्रतिवेदन तयार गरेको बताइएको छ । सो क्रममा अनुसन्धाताहरुले एउटा साओमी फोन सेन्सरसिप टुलमा आधारित भई निर्माण भएको पाएका थिए भने अर्को हुवावेको मोडलले साइबर आक्रमण हुनसक्ने जोखिम पत्ता लगाएको थियो ।

हुवावेले भने प्रयोगकर्ताको डेटा बाहिर नपठाइएको बताएको छ । ‘हाम्रो सिफारिस नयाँ चिनियाँ फोन नकिन्नमै हुन्छ र अगाडि नै किनिसकिएका फोन पनि जति सक्दो चाँडो प्रयोग नगर्नमै हुन्छ’, रक्षा उपमन्त्री मार्गिरिस अबुकेभिसियसले भने ।

साओामीको एमआई १०टी फाइभजी फोनमा ‘फ्रि टिबेट’, ‘लंग लिभ ताइवान इन्डिपेन्डेन्स’, ‘डेमोक्रेसी मुभमेन्ट’लगायतका शब्दावली पत्ता लगाउन सफ्टवेयर राखिएको पाइएको रिपोर्टमा जनाइएको छ ।

रिपोर्टबाट पत्ता लागेअनुसार साओमी फोनको सिस्टम एप्सले चार सय ४९ शब्दावलीहरुलाई सेन्सर गरेको र त्यसमा डिफल्ट इन्टरनेट ब्राउजर समेत परेको रिपोर्टले उल्लेख गरेको छ । युरोपमा यी मोडलका मोबाइलमा सेन्सर क्षमतालाई स्विच अफ गरिएको तर चाहेको जुनसुकै बेला एक्टिभ हुनसक्ने रिपोर्टले दाबी गरेको छ । साओमीले लागेको यस्तो आरोपबारे प्रतिक्रिया दिइसकेको छैन । त्यस्तै अनुसन्धानले साओमीको डिभाइसले इन्क्रिप्टेड फोन युजेज डेटा सिंगापुरको सर्भरमा पठाइरहेको पनि पत्ता लगाएको छ ।

‘यो लिथुआनियाका लागि मात्र नभई साओमी उपकरण प्रयोग गर्ने सबै देशहरुका लागि उत्तिकै महत्वपूर्ण छ’, सेन्टरले भनेको छ । पछिल्लो समय साओमीले सुपथ मूल्यमा किन्न सकिने मोबाइल फोनहरु बजारमा ल्याएर लोकप्रियता कमाइरहेको छ । यो वर्ष दोस्रो त्रैमासिकमा कम्पनीको राजस्व वर्षगत तुलनामा ६४ प्रतिशतले बढेको छ ।

हुवावे पी४० : सोही रिपोर्टअनुसार हुवाववेको पी४० फाइभजी फोनमा पनि कमजोरी भेटिएको छ । यसले प्रयोगकर्तालाई साइबर सुरक्षा उल्लंघनको जोखिममा राखेको छ । ‘आधिकारिक हुवावे एप स्टोर एप ग्यालेरीले प्रयोगकर्तालाई थर्डपार्टी इस्टोरमा निर्देशित गर्छ जहाँ मालिसिअस वा भाइरस इन्फेक्टेडको रुपमा केही एपहरु एन्टि भाइरस प्रोग्रामबाट अनुगमन हुन्छ ।’

तर हुवावेले भने सम्बन्धित देशको कानुनको परिपालना गरेको दाबी गरेको छ । कम्पनीले तथ्यांकहरु डिभाइसबाहिर नजाने बताएको छ । एप ग्यालेरीले प्रयोगकर्तालाई सर्च, इन्स्टल र थर्डपार्टी मेनेजका लागि आवश्यक डेटा मात्रै संकलन र प्रक्रिया गर्ने जनाएको छ । यसबाहेक हुवावेले सुरक्षित एपमात्र डाउनलोड गर्न दिने गरेको पनि उल्लेख गरेको छ ।

लिथुआनियाको अनुसन्धान टोलीले वानप्लसको फाइभजी मोडलको पनि परीक्षण गरेको थियो तर त्यसमा कुनै समस्या नदेखिएको बताइएको छ ।
लिथुआनिया र चीनबीच सम्बन्धमा तीक्तता आइरहेका बेला यस्तो रिपोर्ट सार्वजनिक भएको हो । गत महिना चीनले लिथुआनियाको बेइजिङस्थित राजदूतलाई हटाउन माग गरेको थियो । आफूले पनि भिल्नियसबाट दूत फिर्ता बोलाउने चीनले जनाएको थियो ।

खासगरी ताइवानलाई लिथुआनियाले यसको कूटनीतिक मिसनलाई अनुमति दिएपछि सम्बन्ध बिग्रिन सुरु भएको थियो । लिथुआनियाले उक्त मिसनलाई ताइवानी प्रतिनिधिको कार्यालय भनेको छ । युरोप र अमेरिकामा पनि ताइवानी मिसनका कार्यालयहरु ताइपेईको नाममा रहेका छन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया