Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमलेसिया र सिंगापुरले हवाइ यात्राका लागि क्वारेन्टाइन अनिवार्यता हटाउने

मलेसिया र सिंगापुरले हवाइ यात्राका लागि क्वारेन्टाइन अनिवार्यता हटाउने


क्वालालम्पुर । मलेसिया र सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेनको शुभारम्भसँगै दुई देशहरूबीच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टिन अनिवार्यतालाई हटाएको मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले सोमबार बताएका छन् ।

मलेसियाको प्रधानमन्त्री कार्यालय र सिंगापुरको प्रधानमन्त्री कार्यालयबाट जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार नोभेम्बर २९ बाट लागू हुने उक्त सम्झौताको अर्थ विछोडिएका परिवारहरूलाई पुनर्मिलन हुने अवसर प्रदान गर्नु हो ।

‘दुवै देशले आ–आफ्ना जनतालाई खोप लगाउन र कोभिड–१९ महामारीको व्यवस्थापनमा गरेको महत्त्वपूर्ण प्रगतिलाई ध्यानमा राख्दै प्रधानमन्त्रीहरूले क्रमशः सीमापार यात्राहरू पुनः सञ्चालन गर्न समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका छन्  ।

सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेनले क्वालालम्पुर इन्टरनेशनल एयरपोर्ट र सिंगापुरको चांगी एयरपोर्टबाट मात्र हवाई यात्रालाई समेट्नेछ । यद्यपि दुई देशलाई जोड्ने अन्य मार्गलाई पुनः सञ्चालन गर्न भने थप वार्ता आवश्यक हुने बताइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया