Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयसकारण रुस छाड्न सक्दैनन् कतिपय पश्चिमा ब्रान्ड

यसकारण रुस छाड्न सक्दैनन् कतिपय पश्चिमा ब्रान्ड


लन्डन । युक्रेनमा रुसले सैन्य आक्रमण थालेसँगै धेरै पश्चिमा ब्रान्डहरुले रुस छाड्नेक्रम बढिरहेको छ । तर केही त्यस्ता कम्पनीहरु पनि छन् जो रुसमा तत्काल अहिले नै छाड्न सक्दैनन् । उनीहरुले रुसमा सञ्चालित आउटलेट बन्द गर्न नसक्ने बताइरहेकाा छन् ।

माक्र्स एन्ड स्पेन्सर, बर्गर किंग, र होटल ग्रुप मेरियट तथा एकरले त्यस्तो सम्झौता गरेका छन् सोही कारण उनीहरु आफ्नो फ्रेन्चाइज सम्झौता त्यागेर रुसबाट बाहिरिन सकिरहेका छैनन् । यी कम्पनीले तेस्रो पार्टीलाई दिएर रुसमा व्यवसाय गरिरहेका छन् । आफ्नो स्वामित्वमा नै नरहेका कारण यी ब्रान्डले पश्चिमा देशको चर्को प्रतिबन्ध कार्यान्वयन गर्न सक्दैनन् । अहिले पनि यस्ता उनीहरुका हजारौँ आउटलेट रुसमा सञ्चालनमा छन् ।

एमएन्डएसका ४८ पसल छन् भने बर्गर किंगका आठ सय रेष्टुराँ अहिले पनि रुसमा खुलि नै रहेका छन् । यता मेरियट र एकरका क्रमशः २८ र ५७ होटल अहिले पनि रुसमा खुल्लाप्रायः छन् । उनीहरुले रुसमा छोड्न चाहेका छन् तर फ्रेन्चाइज सम्झौताका कारण त्यहीँ रहन बाध्य भएका छन् । उनीहरुले चाहेर पनि रुसका मुख्य सहरी सडक र शपिङ मलबाट आफ्ना नाम हटाउन सकिरहेका छैनन् ।

दशकौँसम्म धेरै पश्चिमा कम्पनीहरुले यस्तो सम्झौता गरेको बीबीसीले जनाएको छ । उदाहरणका लागि माक्र्स एन्ड स्पेन्सर स्टोरहरु फिबा नामक टर्किस कम्पनीले चलाइरहेको छ । उसले खुद्रा सामान पूर्वी युरोपभर बेच्ने सर्वाधिकार सन् १९९९ यता आफैँले लिएको छ । खुद्रा बिक्रेता कम्पनीले फिबालाई आफ्ना सामानहरुको शिपमेन्ट निलम्बन त गरेको छ तर रुसमा कम्पनी नै बन्द गर्न भने सकेको छैन ।

यता बर्गर किंगको स्वामित्व रहेको रेष्टुराँ ब्रान्डले पनि आफ्ना रेष्टुराँहरु फ्रेन्चाइज लिएकाहरुले चलाइरहेको बताएको छ । लामो समयसम्मको लागि यसअघि गरेको सम्झौताका कारण यी रेष्टुराँ सोही नाममा चलिरहेका हुन् । यसबाहेक होटल समूह मेरियट, आईएचजी र फ्रेन्च चेन एकरसँग आईबिस र नोभोटेलका पनि यस्तै सम्झौताका कारण फ्रेन्चाइजहरु सेवा दिन बाध्य भएका छन् ।

मेरियटले रुसमा तेस्रो पार्टीले स्वामित्व लिएकाले सेवा निरन्तर दिन बाध्य भएको जनाएको छ । फ्रेन्चाइज दिनु व्यवसाय क्षेत्रमा सेवा र उत्पादन बेच्ने एउटा नमूना हो । यसमा एक फ्रेन्चाइजर कम्पनी हुन्छ जसले ब्रान्डको नाममा फ्रेन्चाइज कम्पनी स्थापना गरेको हुन्छ । फ्रेन्चाइज अधिकारको लागि भने मुख्य कम्पनीलाई पैसा तिरेको हुन्छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया