भारतको बिहारमा मदिरा सेवन गरेका १७ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको पूर्वी राज्य बिहारमा अनधिकृत रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन समाचार च्यानल न्युज–१८ ले आइतबार जनाएको छ ।
च्यानलका अनुसार उनीहरूको मधेपुरा, भागलपुर, बाँका र मुर्लिगञ्ज गरी चार जिल्लामा मृत्यु भएको थियो । समाचारमा भनिएको छ, ‘उपलब्ध जानकारीअनुसार मधेपुरामा तीन जना, बाँकेमा नौ र भागलपुरमा चार जनाको मृत्यु भएको छ भने बिहारको मुर्लिगन्जले अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवनका कारण एकजनाको मृत्यु भएको जनाएको छ ।’
‘बिहारमा अनधिकृत रूपमा उत्पादित मदिराका कारण यो राज्यको भागलपुर (छ) र गोपालगञ्ज (१०) गरी दुई जिल्लामा १६ जनाको मृत्यु भएको एक हप्ता पनि नबित्दै यो दुःखद् घटना भएको हो’, समाचारमा उल्लेख छ । बिहार सुक्खा राज्य हो र सन् २०१६ देखि यहाँ अनाधिकारिक रूपमा उत्पादन हुने र बिक्री हुने रक्सीको बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
रक्सी खाएर मृत्यु भएको भनिएका उनीहरूको पोष्टमोर्टम रिपोर्ट आउन अझै बाँकी रहेकोले अहिल्यै मृत्युको वास्तविक कारण पुष्टि गर्न हतार गर्नु गलत हुने प्रहरीले बताएको छ । भारतमा रक्सीले गर्दा हुने घातक मृत्युबारे अक्सर समाचारहरू आउने गर्छन् । गरिब मानिसहरूको बसोबास रहेको यस क्षेत्रमा अक्सर घरायासीरूपमा बनाइने सस्तो मदिरा पिउँदा मदिरामा हुने बिषाक्त तत्वका कारण मृत्यु हुने गरेको स्थानीयको भनाइ छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
- समसामयिक राजनीतिक व्यङ्ग्य
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया