Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारझूठा खाताको प्रमाण पेस नगरेसम्म ट्विटर किन्ने सम्झौता अड्किने मस्कको चेतावनी

झूठा खाताको प्रमाण पेस नगरेसम्म ट्विटर किन्ने सम्झौता अड्किने मस्कको चेतावनी


अमेरिका । अर्बपति इलोन मस्कले ४४ अर्ब डलरमा ट्विटर किन्ने सहमति अड्किनसक्ने बताएका छन् । ट्विटरका झूटा खाताको प्रमाण नपाएपछि मस्कले उक्त चेतावनी दिएको बीबीसीले जनाएका छन् ।

मस्कले ट्विटरमा भनेका छन्, ‘सहमति अघि बढ्न सक्दैन जबसम्म ट्विटरले आफ्नो पाँच प्रतिशत प्रयोगकर्ता झूटा वा स्प्याम रहेको दाबीमा समर्थन गर्दैन ।’ तर ट्विटरले भने आफ्नो तथ्यांकको रक्षा गरेको छ ।

यो विवादसँगै ट्विटर किनबेच नै नहुने हो कि भन्ने आशंका पैदा भएको छ । विश्लेषकहरुले भने मस्कले ट्विटरको सहमतिको पुनरवलोकन खोजेको हुनसक्ने बताएका छन् । उनी यो सहमतिबाट हिँड्नसक्नेतर्फ पनि उनीहरुको संकेत छ ।

मस्कले अप्रिलमा ट्विटरको बोर्डसँग ४४ अर्ब अमेरिकी डलरमा किन्ने सहमति गरेका थिए । तर गत हप्ता उनले सहमति अड्किएको र आफू ट्विटरको झूटा खाताबारे गम्भीर भएको बताए । उनले निरन्तरको ट्विटमा यो मुद्दालाई उठाइरहेका छन् । यसले उनी यसअघि भनेभन्दा कम मूल्यमा ट्विटर किन्न चाहिरहेको संकेत गर्छ ।

मंगलबार मात्रै मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले सार्वजनिक रुपमा आफूले मागेको प्रमाण दिन अस्वीकार गरेको र उनले ट्विटरमा पाँच प्रतिशतभन्दा कम खातामात्रै झूटा रहेकोले किन्ने सहमति अघि बढ्न अग्रवालले यसबारे प्रमाण दिनुपर्ने उल्लेख गरेका थिए ।

मस्कको उक्त ट्विट पछि डिलेट गरिएको थियो । मस्क टेस्लाका प्रमुख कार्यकारी समेत हुन् । उनले ट्विटरमा २० प्रतिशत वा सोभन्दा धेरै खाताहरु बढी रहेको हुनसक्ने बताउँदै आएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया