Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुक्रेनमा आणविक हतियार प्रयोग नगर्न रुसलाई अमेरिकाको चेतावनी

युक्रेनमा आणविक हतियार प्रयोग नगर्न रुसलाई अमेरिकाको चेतावनी


वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा रासायनिक वा सामरिक आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएका छन् ।

युक्रेनमा पछिल्लो दिनमा व्यहोरेको गम्भीर क्षतिपछि रूसले रासायनिक तथा आणविक हतियार प्रयोग गर्नुसक्नेबारे राष्ट्रपति बाइडेनलाई सोधिएको प्रश्नमा बाइडेनले त्यसो गर्नु रूसका लागि ठूलो गल्ती हुने बताएका हुन् ।

यसै महिना युक्रेनमा ठूलो क्षति व्यहोरिरहेका रूसले रासायनिक वा सामरिक आणविक हतियारको सहारा लिने सम्भावनाबारे एक अन्तर्वार्ताकारले सोधेको प्रश्नको जवाफमा बाइडनले उक्त कुरा बताएका हुन् ।

बाइडेनले भने, ‘दोस्रो विश्वयुद्धपछिको जस्तो युद्धको स्वरूप परिवर्तन गर्नुहुनेछ ।’ यदि युद्धमा थप विवेक गुमाएमा उनी (रूसी) हरू विश्वमा अस्वीकृत हुनेछन् । युक्रेनले पश्चिमी सहयोगीहरूले सहयोग गरेको भारी हतियारहरूको कारण हालैका हप्ताहरूमा रुसी सेनाको कब्जाबाट पूर्वको केही भूभाग युक्रेनले पुनः कब्जा गरेको छ । पश्चिमी सहयोगीहरूले आपूर्ति गर्ने भारी हतियारहरूको कारण बढेको छ ।

रसियाको कब्जामा रहेको इज्युम सहरबाहिर एउटा सामूहिक चिहान फेला परेपछि मस्कोले पश्चिमा मुलुकहरूबाट नयाँ आक्रोशको सामना गरिरहेको छ । कीभका अधिकारीहरू भन्छन्, ‘निकालिएका प्रायः सबै शवहरूमा यातनाको संकेत देखिएको छ ।’

तर पुटिनले रूसको पश्चिमा झुकाव भएको छिमेकीविरुद्ध आफ्नो युद्ध योजनाअनुसार नै अघि बढिरहेको बताउँदै आएका छन् । पुटिनले शुक्रबार भने, ‘यो योजना यही अवस्थामा रोकिनेस्थिति छैन ।’ उनले डोनबासमा हाम्रो आक्रामक अभियान पनि नरोकिएको बताए ।

‘तर त्यो केही सुस्त गतिमा चलिराखेको छ । रुसी सेनाले नयाँ र नयाँ भूभाग कब्जा गरिरहेको छ’, उनले भने ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया