भारत । यहाँको बोरागाउँ क्षेत्रका एक जना बासिन्दाले एक बोरा सिक्काले एउटा स्कुटी खरिद गरेका छन् । सानो पसल सञ्चालन गर्दै आएका मोहम्मद सैदुल हकले विगत छ वर्षदेखि रु १, २, ५ र १० का सिक्का जम्मा गरेर नयाँ स्कुटी खरिद गरेका हुन् ।
अर्थाभावका कारण स्कुटी किन्न नसेकेका हकले लामो समयदेखिको आफ्नो सपना साकार पार्न सिक्का संकलन थालेका थिए । उनको यो प्रयासलाई प्रेरणादायी अभ्यास भन्दै स्कुटी शोरूमका बिक्रेता मनिष पोद्दारले हकलाई यसैगरी एक दिन चारपांग्रे सवारीसाधन गर्ने अवस्थामा पु-याउन बताएका छन् ।
एक बोरा सिक्का लिएर शोरूममा आएका हकलाई देख्दा प्रारम्भमा आश्चर्य मानेका ती बिक्रेताले बोराका सिक्का गन्दा रु ९० हजार रहेछ । बिक्रेताले हकको चाहनाअनुसारको स्कुटी उनलाई हस्तान्तरण गरे । एक बोरा सिक्का जम्मा गरेर स्कुटी किन्न सकेकामा हर्षित उनले आप्mनो सपना पूरा भएको बताएका छन् । पोद्दारले बोरामा सिक्का बोकेर आएका हक र उनले आफ्नो पसलबाट स्कुटी खरिद गरेको समाचार स्थानीय टेलिभिजनमा देख्दा तथा पत्रपत्रिकामा पढ्दा आफूलाई ज्यादै खुशी लागेको एएनआई संवाददातालाई बताएका छन् । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नेकपा एमालेको सचिवालय बैठक सुरु
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया