Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदअफगानिस्तान विरुद्धको खेलमा नेपालको धारिलो बलिङ

अफगानिस्तान विरुद्धको खेलमा नेपालको धारिलो बलिङ


काठमाडौँ, आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्धको खेलमा धारिलो बलिङ गरेको छ । दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ गरिरहेको अफगानिस्तानले ४०.१ ओभरमा १० विकेट गुमाएर १सय ४५ रनमा अलआउट भयो । नेपालका लागि आकाश चन्द एक्लैले पाँच विकेट लिए,दीपेश कडेल २, गुलशन झाले १ , सुवास भण्डारी १ र तिलक भण्डारीले विकेट लिए ।
पहिलो ओभरमा गुलशन झाको चौथो बलमा नुमान शाह शून्यमा आकाश डुम्रेको हातबाट क्याच आउट हुन पुगे । यस्तै दोस्रो ओभरमा आकाश चन्दको बलमा खालिद ताइनवाल विकेटकिपर विपिन रावलको हातबाट क्याच आउट भए । त्यसपछि आकाशले लगातार थप तीन विकेट लिँए ।
जम्शिद जाद्रान १४ बलमा ३ रन बनाउँदै आकाशकै बलमा बोल्ड भए । सोहेल खानलाई पनि ४ रन तथा अली अहमदलाई शून्यमा आउट गराए । आकाशले व्यक्तिगत पाँचाँै विकेट लिने क्रममा हसन इशाखिललाई २० रनमा आउट गराए । फरिदुन दाउदजई २९ रन र एएम गजन्फरले ३७ रन बनाउन बाहेक कुनै पनि अरु व्याटरले दोहोरो रन जोड्न सकेनन् । यस खेलको विजेता टोली प्रतियोगिताको सुपर सिक्सम पुग्नेछन् । त्यस्तै पराजित हुने टोली १३औँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया