Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal


साउदीमा ज्यान गुमाएका युवाका ‘ब्लडमनी’ काठमाडौं पठाइयो
काठमाडौं, असार ४
साउदी अरबमा विभिन्न कारणले ज्यान गुमाएका नेपाली नागरिकहरुको कानुनी हकवालाहरुले प्राप्त गर्न सक्ने गरी उनीहरुको कम्पनीबाट ‘ब्लडमनी’बापत प्राप्त गर्ने रकम काठमाडौं पठाइएको छ । ब्लडमनी भनेको मारिएको व्यक्तिको परिवारलाई दिइने क्षतिपूर्तिबापतको रकम हो । साउदी अरबस्थित नेपाली दूतावासका अनुसार त्यहाँ विभिन्न कारणले ज्यान गुमाएका नेपाली नागरिकहरुको कानुनी हकवालाहरुले प्राप्त गर्नसक्ने गरी उनीहरुको कम्पनीबाट बुझन बाँकी रहेको तलब भत्ता, सर्भिस बेनिफिट, जीवन बीमा तथा ब्लडमनीबापत दूतावासको बैंक खातामा जम्मा भएको साउदी रियाल सात लाख ५८ हजार सात सय १६ साउदी रियल (करिब दुई करोड ४६ लाख ३१ हजार रुपैयाँ) काठमाडौं पठाइएको छ । दूतावासका अनुसार सो रकम नेपालस्थित कन्सुलर सेवा विभागमा पठाइएको हो ।

त्यसैगरी दूतावासले दुर्घटनामा दोस्रो पक्षको संलग्नता भई ज्यान गुमाएका नेपाली नागरिकका हकवालालाई समेत ब्लडमनी पठाउने प्रयास भइरहेको बताइएको छ । ६८ जना ज्यान गुमाएका नेपालीहरुले ब्लडमनीबापत प्राप्त गर्ने ५६ लाख ६५ हजार पाँच सय साउदी रियाल (करिब १८ करोड ३९ लाख रुपैयाँ) पठाउने प्रयास भइरहेको हो ।
दूतावासले दुर्घटनामा दोस्रो पक्षको संलग्नता भई ज्यान गुमाएका नेपाली नागरिकका हकवालाको तर्फबाट दूतावासले साउदी अरबको विभिन्न क्षेत्रका अदालतहरुमा गई बहस पैरवी गर्दै आएको र दूतावासले मुद्दा जितेका तर रकम असुल गर्न बाँकी अन्य ६८ जना मृतकका ब्लडमनीबापतको साउदी रियाल करिब ५६ लाख ६५ हजार पाँच सय (करिब १८ करोड ३९ लाख रुपैयाँ) सम्बन्धित पक्षबाट असुलउपर गरी पीडित परिवारलाई उपलब्ध गराउने प्रयास भइरहको बताएको छ ।

यस्तै कोभिड १९ को संक्रमण्बाट सिर्जित समस्याको कराणले हाल साउदीस्थित स्थानीय अदालतहरुबाट नियमित काम कारबाही सञ्चालन नभइसकेकोले अवस्था सामान्य हुनासाथ स्थगित अन्य मुद्दाहरुको नियमित रुपमा फलोअप गरिने समेत बताइएको छ । साउदीमा ज्यान गुमाउनेहरुमा काठमाडौं, गोरखा, रौतहट, सोलुखुम्बु, धनुषा, ओखलढुंगा, बाग्लुड, सुनसरी, इलाम, धनुषा, काभ्रे, पाँचथर, पर्वत, नवलपरासी, महोत्तरी, नवलपुर, सिरहाका, रोल्पालगायतका जिल्लाका युवाहरु रहेका छन् ।

यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार कोभिड १९ का कारण विदेशमा रहेका ७३ नेपालीको मृत्यु भएको छ । नेपालीहरुको लागि वैदेशिक रोजगारी बाध्यताजस्तै बनेको छ । वैदेशिक रोजगारीमा गएका युवाहरुमध्ये वर्षेनी सयौं युवाहरुको ज्यान गएको पाइन्छ । विदेशमा हुने मृत्युमा प्रायःजसो कार्यक्षेत्रमा हुने दुर्घटना र स्वास्थ्य समस्याका कारण हुँदै आएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x