Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुखुम्बुमा संक्रमित जिल्लाबाट निर्वाधरूपमा मानिस भित्रिँदै

सोलुखुम्बुमा संक्रमित जिल्लाबाट निर्वाधरूपमा मानिस भित्रिँदै


महेन्द्र शाही
सोलुखुम्ब, असार ८
पछिल्लो समय संक्रमित जिल्लाहरूबाट निर्वादरूपमा मानिसहरू भित्रिन थालेको भन्दै सोलुखुम्बु सल्लेरीका नागरिकहरू त्रसित बनेका छन् । लकडाउन खुकुलो भएसँगै तराईका जिल्लाहरू सिराह, सप्तरी तथा तराई अन्य क्षेत्रहरूबाट समेत मानिस भित्रिने क्रम बढेको भन्दै यहाँका नागरिकहरू त्रसित बनेका हुन् । शुक्रबार सल्लेरीमा सिराहबाट ४ दिनको पैदल यात्रामार्फत सोलुखुम्बु आएका शैलुन व्यवसायीसहित २ जनालाई स्थानीयले क्वारेन्टाइनमा राखेका छन् । उनीहरू तराईबाट आएर नियमित काममा फर्किएका छन ।

बाहिरबाट आएकाहरूले अनिवार्यरूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भए पनि सदरमुकाम सल्लेरीमा भने त्यस्तो हुन नसकेको हो । तराई व्यक्तिहरू आएको थाहा पाएपछि स्थानीय युवाहरूले उनीहरूलाई नियन्त्रणमा लिएर फाप्लुस्थित क्वारेन्टाइनमा राखेको स्थानीय युवा लालकाजी श्रेष्ठले जानकारी दिए । कोरोना भाइरस संक्रमण फैलिरहेको क्षेत्रहरूबाटै मानिहरू धमाधम आउन थाले पनि सुरुक्षा सतर्कता नअपनाउँदा जिल्लामा कोरोना भित्रिने सम्भावना बढेको भन्दै यहाँका नागरिकहरूले चिन्ता व्यक्त गरेका गरिरहेका छन ।

बाहिरी जिल्लाबाट आएका मानिसहरूलाई कम्तीमा १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने स्थानीयको माग छ । तर उनीहरूको बारेमा नियमनकारी निकाय नै बेखबर हुँदा थप समस्या भएको सल्लेरीका दावा शेर्पाको भनाइ छ । बाहिरबाट आएकाहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पनि उनले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । अहिले सल्लेरीका सडकमा माग्दै हिँड्ने तराईमुलका नागरिकहरू समेत देखिन थालेकाले स्थानीय थप सशंकित बनेका छन् । यसको व्यवस्थापनमा पनि सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।

तराईका जिल्लाहरूबाट आएका मानिसहरू निर्वाधरूपमा हिँडडुल गर्दा मानसिकरूपमा त्रास पैदा भएको अर्का स्थानीय फुर्वा शेर्पाको गुनासो छ । सरकारले नै बाहिरबाट आएका व्यक्तिहरूसँग टाढा बस्नु भनेको भए पनि बजारमा खुलेआम बाहिरबाट आएर बस्नेहरूको आवजावत हुँदा थप समस्या आउनेतर्फ समयमै ध्यान दिन जरुरी देखिन्छ । सोलुखुम्बुका एक युवामा कोरोना संक्रमति देखिएको र उनी निको भएर घर फर्किसकेका छन् । तसर्थ अहिले सोलुखुम्बुमा अन्य जिल्लाको तुलनामा सुरक्षित देखिएको छ । जसले गर्दा तराई मुलका नागरिक हिँडेर आइरहेका छन् । उनीहरूलाई समयमै क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गर्न जरुरी छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x