Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहावाहुरीले उपस्वास्थ्य चौकीको कार्य अलपत्र, सेवाग्राही मर्कामा

हावाहुरीले उपस्वास्थ्य चौकीको कार्य अलपत्र, सेवाग्राही मर्कामा


उमेश दुबे
बारा, असार १०
नेपालमा आएको विनाशकारी हावाहुरीले उपस्वास्थ्य चौकीको छाना उडाएर लगेपछि हालसम्म मर्मत हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । बाराको फेटा गाउँपालिका वडा नम्बर ७ स्थित रहेको उपस्वास्थ्य चौकीको छाना हावाहुरीले उडाएर लगेपछि स्वास्थ्य चौकीको निर्माण हुन सकेको छैन ।

स्थानीय जनप्रतिनिधिले नचाहेरै नै उपस्वास्थ्य चौकीको निर्माण कार्य अलपत्र अवस्थामा परेको गुनासाहरू आउने थालेको छ । फेटा गाउँपालिका वडा नम्बर ७ का स्थानीयहरूलगायत ३ गाउँका बासिन्दाहरूले उक्त उपस्वास्थ्य चौकीबाट लाभ लिने गरेका थिए । तर, अहिले स्वास्थ्य चौकीको भवन निर्माण हुन नसक्दा स्थानीयहरू मारमा परेका छन् । स्थानीयवासीहरूले पटक–पटक फेटा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष महम्मद हुसेन मिया र पाउँपालिका उपाध्यक्ष कमरुल खातुनलगायतलाई जानकारी गराउँदा पनि वास्ता नै नगरेको स्थानीयहरूले दुखेसो पोखेका छन् ।

उपस्वास्थ्य चौकीको निर्माण कार्य नहुँदा स्थानीयहरू चेकजाँच गराउन कलैया र वीरगञ्ज जानुपरेको स्थानीयहरूले दुखेसो पोखे । ‘अपना काम बनता भाड मे जाए जनता’ भन्ने हिन्दी उखानजस्तै हालको समयमा स्थानीय जनप्रतिनिधि रहेको स्थानीयले आरोप लगाए । स्थानीय चुनाव सम्पन्न हुनसाथ वडा अध्यक्ष महम्मद हुसेन मियाले विकास गर्नको निम्ति आएको बजेटबाट मनोमानी तरिकाले कार्य गर्दै आएको स्थानीयले बताए ।

एउटा गाउँको लागि सबभन्दा महत्वपूर्ण कुरो अस्पताल हुन्छ तर गाउँमा उपस्वास्थ्य चौकी हुँदाहुँदै निर्माण हुन नसक्दा स–सानो चेकअप गराउन सदरमुकाम र पर्सा जिल्लाको वीरगञ्ज जानुपरेको बाध्यता खेप्दै आएको स्थानीयहरूले गुनासो सुनाए । स्थानीय जनप्रतिनिधि जनताको साझाको रूपमा मानिए पनि जनताकै आशा र विश्वाससँग जनप्रतिनिधि खेल्दै आएको उनीहरूको भनाइ छ । आफ्नै वडामा विकास गर्नबाट पछि हट्ने जनप्रतिनिधिलाई जिताएरै गल्ती गरेको समेत पछुतो लाग्न थालिएको स्थानीयले बताए ।

स्थानीय जनप्रतिनिधिलगायत बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका सांसद समेत उपस्वास्थ्य चौकीको विषयमा चासो नदेखाउनु लाजमर्दो कुरा रहेको स्थानीयले दुखेसो पोखे । यता फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलालप्रसादले वडा नम्बर ७ स्थित रहेको उपस्वास्थ्य चौकीको विषयमा आफूले प्रक्रिया बढाइसकेको बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x