Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाल स्वयंसेवक संघद्वारा अस्पतालमा उपचारार्थ बिरामीहरूलाई पानी वितरण

नेपाल स्वयंसेवक संघद्वारा अस्पतालमा उपचारार्थ बिरामीहरूलाई पानी वितरण


काठमाडौं, असार १८
नेपाल स्वयंसेवक संघले अस्पतालमा उपचारार्थ बिरामीहरूलाई निःशुल्क पानी वितरण गरेको छ । भूकम्प, कोरोना महामारीलगायतका विपत्तिको सधैँ नै मानवीय सेवा र उद्धारमा सक्रिय रहने गरेको संंस्थाले अहिले उपत्यकामा गर्मी बढेसँगै पानीको समेत अभाव चुलिएपछि निःशुल्करूपमा पानी वितरण गरेको जनाएको छ ।

संघका अध्यक्ष सन्तोष निरौला (तारा)का अनुसार नेपाल स्वयंसेवक संघका सदस्य पेम्बाछिरी शेर्पाको संयोजकत्वमा वीर अस्पतालमा उपचारको क्रममा रहेका झण्डै तीन सय बिरामी र ट्रमा सेन्टरमा उपचारका क्रममा रहेका झण्डै एक सय ५० बिरामीहरूको लागि झण्डै पाँच सय कार्टुुन पानी वितरण गरिएको हो । पानी वितरणको कार्यलाई क्रमैसँग टिचिङ हस्पिटल, पाटन हस्पिटल, भक्तपुर हस्पिटललगायतका सरकारी हस्पिटलहरूमा पनि पु-याउछौँ, अध्यक्ष निरौलाले भने ।

उनका अनुसार काठमाडौँको कपनमा रहेको कपन गुुम्बाको सहयोगमा निःशुल्क पानी वितरण गरिएको हो । यसअघि संघले कोरोना भाइरसको महामारी नियन्त्रण गर्नको लागि सरकारले पूर्णरूपमा लकडाउन घोषणा गरेको समयमा सडकमा बसेर जीवन निर्वाह गर्दै आएका सर्वसाधारणहरूलाई महिनौँ दिनसम्म निःशुल्क खाना खुुवाएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x