Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाललायन्स क्लबको रक्तदान कार्यक्रम

लायन्स क्लबको रक्तदान कार्यक्रम


काठमाडौं, असार २८
लायन्स क्लबले काठमाडौँको न्यू रोडस्थित ताम्राकार कम्प्लेक्समा शुक्रबार एक बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिहान १० बजेबाट सुरु भएको उक्त कार्यक्रम दिउँसो ४ बजेसम्म सम्पन्न भएको थियो । कार्यक्रममा कुल ५१ पिन्ट रगत संकलन भएको थियो जसमा ४० पुरुष र ११ महिलाले रक्तदान गरेका थिए । देश कोरोना भाइरसको महामारीसँग जुझिरहेको बेला कोरोनाकै त्रासको कारण अस्पतालहरुमा रगतको अभाव हुनथालेको छ ।

कोरोना भाइरसको सुरक्षाको निम्ति सरकारले सुरु गरेको लकडाउनपश्चात् सम्पूर्ण रक्तदान कार्यक्रमहरु स्थगित छन् । रक्तदान गर्न इच्छुक व्यक्तिहरु पनि यस भाइरसको जोखिमले त्रसित छन् । यसैबीच रगतको अभावको समाधान खोज्ने दृष्टिकोणले लायन्स क्लबले संक्रमणको जोखिमलाई विशेष ध्यान दिई सुरक्षित तरिकाले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x