Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदम्पतीको हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ

दम्पतीको हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ


काठमाडौं, असार ३०
काठमाडौं महानगरपालिका ४ सीतापाइलास्थित कान्तिपुर मिलका सञ्चालक मोरङ डाँगीहाट गाविस ८ घर भएका ४५ वर्षीय नातीकाजी सुवेदी र उनकै ४४ वर्षीया श्रीमती सानु सुवेदीको हत्या गरी फरार रहेका सोही मिलमा काम गर्ने सर्लाही पिपरिया गाविस १ गयरटोल ठेगाना भएका ३४ वर्षीय जेकी भन्ने जय किशोर साहलाई घटनाको १४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी उक्त मिलका सञ्चालक नातीकाजी र सानु सुबेदीको २०६३ पुस २० गते हत्या गरी फरार रहेका साहलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके जिल्लाको भारतसँगको सीमा क्षेत्रबाट आइतबार पक्राउ गरेको हो ।

उक्त मिलका सञ्चालकले साहलाई काम बिगारेकोमा गाली गरेको विषयलाई लिएर त्यसको बदला लिन नातीकाजी, उनकै श्रीमती र छोरालाई धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी फरार भएका थिए । साथै जय शर्माको नामबाट भारतीय आधारकार्ड लगायतका कागजात बनाई पहिचान समेत बदली भारतको लखनऊमा बस्दै आएका साहलाई अन्तर्राष्ट्रियस्तरमा समेत समन्वय गरी पक्राउ गर्न सफल भएको उक्त ब्युरोले जनाएको छ । उक्त घटनामा संलग्न अर्का अभियुक्त प्रताप राना समेतको खोजी भइरहेको उक्त ब्युरोले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x