Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखा साहित्य यात्रा पुस्तक सार्वजनिक

दोलखा साहित्य यात्रा पुस्तक सार्वजनिक


काठमाडौं, असार ३०
२०७औँ भानु जयन्तीको अवसरमा जिल्लाको भिमेश्वर नगरपालिकाले दोलखा साहित्य यात्रा नामक पुस्तक सार्वजनिक गरेको छ । भीमेश्वर नगरपालिकाको सहयोगमा विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले ४९ जना कविका रचना समावेश गरेर उक्त पुस्तक प्रकाशन गरेको हो ।

दोलखा सदरमुकाम चरीकोटमा आयोजित एक समारोहका बीच भीमेश्वर नगरपालिकाका मेयर भरत केसी र प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले पुस्तक विमोचन गरे । पुस्तक विमोचन गर्दै मेयर केसीले भीमेश्वर नगरपालिकाले अन्य क्षेत्रजस्तै लेख रचना, कला साहित्यलाई पनि छुट्टै महत्व दिएको बताए । प्रकाशित पुस्तकले समाज रुपान्तरणका लागि सहयोग पुग्ने बताउँदै उनले साहित्यलाई प्रकाशन गर्न नगरपालिकाले आर्थिक सहयोग गर्ने बताए ।

त्यसैगरी वार्षिक रूपमा दोलखा साहित्य यात्रा पुस्तकलाई प्रकाशन गर्दै जाने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नगरपालिकाले साहित्य पुस्तक प्रकाशन गरी नेपाली साहित्य विकासमा महत्वपूर्ण सहयोग पु-याएको जानकारी दिए । कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मानबहादुर खड्काले दोलखाली साहित्य यात्रा प्रकाशनको सुरुवात भएको र यसले अब निरन्तरता पाउँने बताए । कार्यक्रममा १५ जना कविहरुले कविता वाचन गरेर सुनाएका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x