Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबजेटले सम्बोधन नगरेको निजी क्षेत्रका समस्यालाई मौद्रिक नीतिमा समेट्न आग्रह

बजेटले सम्बोधन नगरेको निजी क्षेत्रका समस्यालाई मौद्रिक नीतिमा समेट्न आग्रह


काठमाडौं, असार ३१
नेपाली कांग्रेस ‘कोभिड—१९ अनुगमन समिति’ले कोरोना भाइरसका कारण संकटमा परेका निजी क्षेत्रका समस्याहरू बजेटमा सम्बोधन हुन नसेकेको हुँदा आगामी मौद्रिक नीतिमार्फत प्रभावित क्षेत्रहरूलाई सम्बोधन गर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ । समितिका संयोजक एवं नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी कोभिड–१९ बाट प्रभावित विभिन्न क्षेत्र, पेसागत समूह, उद्योगी/व्यवसायीहरूसँग समितिले अनुगमनका क्रममा विभिन्न चरणमा गरेको छलफलपछि प्राप्त सुझावहरूको आधारमा सरकारले बजेटमार्फत समस्यामा परेका ती क्षेत्रहरूलाई सम्बोधन गर्न नसकेको भन्दै आगामी मौद्रिक नीतिमार्फत प्रभावित क्षेत्रहरूलाई सम्बोधन गर्न सुझाव दिएको हो ।

राष्ट्र बैंकले तय गर्ने ब्याजदर र सुविधाहरू बैंकहरूमार्फत लगानीकर्तासम्म पु¥याउनुपर्ने संयोजक डा. महतले बताए । जसले गर्दा रोजगारीलाई जोगाउँदै अर्थतन्त्रलाई चलायमान गराउन सकिने संयोजक डा. महतको भनाइ थियो । विशेषतः यस असाधारण अवस्थामा यातायात, पर्यटन, शिक्षा, उद्योगलगायत रोजगारी सिर्जना गर्ने क्षेत्रहरूअनुकूल मौद्रिक नीति ल्याएमा कोभिड—१९ ले पारेको प्रभावलाई क्रमशः न्यूनीकरण गर्दै जान सकिने उनले बताए । प्रतिनिधिमण्डलमा पार्टीका केन्द्रीय सदस्य एवं समितिका सदस्यहरू एनपी साउद र डा. चन्द्र भण्डारी, समितिका सदस्यहरू— राजीवविक्रम शाह, नैनसिंह महर, डा. पोषराज पाण्डे र डा. प्रभु बुढाथोकी सहभागी थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x