Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहाकुलुङ चक्रपथ निर्माण

महाकुलुङ चक्रपथ निर्माण


महेन्द्र शाही
सोलुखुम्बु, साउन १
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा निर्माण भइरहेको महाकुलुङ चक्रपथ (रिङरोड) सडक निर्माणको काम सम्पन भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा निर्माण भइरहेको उक्त रिङरोडको काम सम्पन भएको जानकारी पगाउँपालिकाकी प्रवक्ता सुभधनी कुलुङले दिइन् ।

लकडाउनले गर्दा २ महिना अवरुद्ध भएको सडक निर्माणको काम सम्पन्न गरिएको उनको भनाइ छ । गाउँपालिकाका सबै वडालाई र सोताङ गाउँपालिकाको पनि केही भू–भाग छुने यो रिङरोड निर्माण भएसँगै गाउँपालिकाका सबै वडामा सडक सञ्जाल पुगेको छ । २०७४ फागुनदेखि काम सुरु भएको चक्तपथ निर्माणका लागि करिब नौ करोड ५० लाख रूपैँया खर्च भएको जनाइएको छ । ४१ किलोमिटर दूरीको सडक गाउँपालिकाको गौरवको आयोजनामध्ये एक हो ।

बाह्रै महिना सञ्चालन हुने दाबी गरिएको रिङरोड निर्माण भएसँगै गाउँपालिका केन्द्र आउँदा पाँच घण्टासम्म हिँड्नुपर्ने नागरिकको बाध्यता अन्त्य भएको छ । आहिले गाउँपालिका केन्द्र आउनका लागि वडा नम्बर ४ र ५ गुदेलबाट ५ घण्टा हिँड्नुपर्ने बाध्यता रहेको छ । वर्षाअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोनाका कारण केही समय ढिलो भएको

गाउँपालिकाका अध्यक्ष सागर किराँतीको भनाइ छ । बर्खाको समय भएकाले अहिले स्थानीयले सडकको उपभोग गर्न नपाए पनि हिउँद लागेपछि यो सडकको उपभोग गर्न सक्नेछन् । साथै अर्को वर्षदेखि यो सडकलाई बर्खाको समयमा पनि सञ्चालन गर्नका लागि आफूहरू लागिपरेको गाउँपालिका अध्यक्ष किराँतीको भनाइ छ । निर्वाचनमा गरिएका वाचाहरू पूरा गर्ने क्रममा रहेको र विस्तारै सबै काम हुने उनले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x