Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआगामी मौद्रिक नीतिलाई पाँचवटा विषयमा केन्द्रित गर्न नेपाली कांग्रेसको सुझाव

आगामी मौद्रिक नीतिलाई पाँचवटा विषयमा केन्द्रित गर्न नेपाली कांग्रेसको सुझाव


काठमाडौं, साउन २
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आगामी नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको मौद्रिक नीतिलाई पाँचवटा मुुलुभत विषयमा केन्द्रित गर्न सुझाव दिएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण विश्व र राष्ट्रिय अर्थतन्त्र नै धराशायी हुने अवस्थामा पुगेको, १०औं लाख मानिसको आय र रोजगारीमा नकारात्मक असर परिरहेको र अनिश्चितताले गर्दा लगानी एवं आर्थिक गतिशीलतामा निजी क्षेत्र आश्वस्त नहुँदा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको महत्व अन्य वर्षहरूमा भन्दा अधिक रहेको भन्दै कांग्रेसले पाँचवटा विषयमा केन्द्रित गरेर मौद्रिक नीति ल्याउन सुझाव दिएको हो ।

अहिलेको महामारीले एकातिर बैंकहरूको निक्षेप तथा अन्य स्रोत परिचालन गरी तरलता वृद्धि गर्ने र कर्जा विस्तार गर्नसक्ने क्षमता कमजोर भएको छ भने अर्कोतर्फ उद्योग व्यवसाय रुग्ण वा बन्द हुने अवस्थामा विप्रेषण, पर्यटन तथा निर्यातबाट प्राप्त हुने विदेशी मुन्द्राको आम्दानी कम हुनगई भुक्तानी सन्तुलनमा थप प्रतिकूल प्रभाव पर्ने देखिएको छ । यो वर्ष प्रत्यक्ष र परोक्षरूपमा मौद्रिक र वित्तीय नीति दुवैको लक्ष्य महामारीले थोपरेको स्वास्थ्य, आर्थिक र मानवीय संकटबाट नेपाली समाजलाई पार लगाउन सहयोग गर्नुुपर्ने भन्दै कांग्रेसले वर्तमान चुनौतीहरूको सामना गर्नेसक्ने मौद्रिक नीति पाँच विषयमा केन्द्रित हुनपर्ने सुझाव दिएको हो ।

यसअन्तर्गत आर्थिक पुनरुत्थान, दीर्घकालीन आर्थिक वृद्धिदर, वित्तीय सुधार, विनीमय दर एवं बाह्य भुक्तानी सन्तुल र नियमन तथा सुपरीवेक्षण क्षमतासहितको पूर्णरूपमा कार्यान्वयन हुुने मौद्रिक नीति आउने पर्छ, नेपाली कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ । आर्थिक पुनरुत्थानअन्तर्गत कर्जाको पुनर्संरचना, कर्जा भुक्तानीको अवधि पुनर्तालिकीकरण र ब्याजको पुँजीकरण गरेर कर्जा व्यवस्थापनमा लचकता अपनाउने, कोभिड १९ को असरबाट अत्यधिक प्रभावित पर्यटन, यातायात, निर्माण, निर्यातजन्य उद्योग, लघु तथा साना उद्यम व्यवसाय, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रहरूलाई आर्थिक राहत दिने, आपूर्ति श्रृंखला कमजोर भएको लकडाउनको समयमा मूल्य वृद्धिमा चाप पर्न नदिने, उद्योग व्यवसायहरू सुचारु गरी राख्न न्यूनतम ब्याजमा ‘सञ्चालन पुँजी’ अधिकतम उपलब्धता गराउने व्यवस्था मौद्रिक नीतिले गर्नुपर्ने सुझाव कांग्रेसले दिएको छ ।

केन्द्रीय बैंकको प्रमुख मौद्रिक औजार नीतिगत ब्याजदर रहे पनि त्यसले बैंकिङ ब्याजका दरहरूमा प्रभाव पार्न नसकेको अवस्थामा तरलता व्यवस्थापनमार्फत उपलब्ध औजारहरू अवलम्बन गरी ब्याजदर एकल अंकमा सीमित गर्ने लक्ष्य राख्नुपर्ने, संस्थागत निक्षेपकर्तासँगको समन्वयमा ब्याजदर स्थिर राख्न पनि कांग्रेसले सुझाव दिएको छ । नेपालको दिगो आर्थिक विकासका आधार मानिएका क्षेत्रहरू पर्यटन, जलविद्युत् र व्यावसायिक कृषिमा निर्देशित कर्जाको प्रवाह थप प्रभावकारी बनाउने । साना तथा मझयौला उद्यमीलाई कर्जा उपभोगमा आकर्षित गर्दै दीर्घकालीन आर्थिक स्थायित्व कायम गर्ने सुझाव रहेको छ ।

मौद्रिक नीतिले कम्तीमा दुई वर्षसम्म मौजुदा नाफा करमा भारी छुट दिएर बैंकहरूलाई एक आपसमा गाभ्न सजिलो बनाउने, उत्प्रेरणाहरू बाध्यात्मक नभई स्वाभाविक हुनपर्ने, देशको वित्तीय क्षेत्रको विस्तार, जोखिम विविधीकरण तथा वित्तीय पहुँचमा विकास बैंक तथा अन्य वित्तीय संस्थाको विशिष्ट योगदानको कदर गर्दै ती संस्थाको मौलिक अस्तित्व जोगाउनु पर्ने सुझाव समेत कांग्रेसको रहेको छ ।

यसैगरी औपचारिक माध्यमबाट विप्रेषण आप्रवाहलाई प्रोत्साहन गर्न डिजिटल रेमिटलाई प्रोत्साहन गर्ने । साथै अनौपचारिक आयात र अनौपचारिक विप्रेषणका आप्रवाहलाई हतोत्साहित गर्ने, केन्द्रीय बैंकका परम्परागत दायित्वमा उत्पादन वृद्धि र मुद्रास्फीति नियन्त्रण पर्नेहुँदा चालू मूल्यमा मापन गरिने कुल ग्राहस्थ उत्पादनको वृद्धि दरलाई मौद्रिक नीतिको मुख्य लक्ष्य बनाउन उपयुक्त हुने, नेपाली मुुद्राको अन्तर्राष्ट्रिय मूल्यको समायोजन गर्न अध्ययन गर्ने, नेपाल राष्ट्र बैंकको व्यावसायिक स्वायत्ततामा आँच पुग्न नदिन अर्थ मन्त्रालयको शाखाजस्तो देखिन थालेको भन्ने आरोपको खण्डन आफ्ना कदमहरूबाट नै देखाउँदै जाने, केन्द्रीय बैंकले वाणिज्य बैंकहरूको व्यावसायिक स्वायत्तता कुण्ठित गर्ने प्रकृतिको ‘सुक्ष्म व्यवस्थापन’ को अभ्यास रोक्ने, नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षण क्षमतामा व्यापक वृद्धि गर्न नयाँ मानव संसाधन नीतिको गृहकार्य र तयारी गर्नपर्ने सुझाव पनि कांग्रेसले दिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x