Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाललकडाउनले बन्द भीमेश्वर मन्दिर खुल्यो

लकडाउनले बन्द भीमेश्वर मन्दिर खुल्यो


दोलखा, साउन ४
जिल्लाभर लकडाउन खुकुलो भएसँगै दोलखाका महत्वपूर्ण धार्मिक स्थलमा मानिसको चहलपहल बढेको छ । कोरोना न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनले साढे ३ महिनादेखि बन्द रहेका प्रसिद्ध दोलखा भीमेश्वर मन्दिर शनिबार बिहानदेखि खुलेको छ ।

नेपालका ७७ जिल्लामा प्रसिद्ध रहेको पुरानो ऐतिहासिक भीमेश्वर मन्दिरमा कोरोनाको भाइरसको जोखिम रहेको भन्दै स्थानीय प्रशासन र मन्दिर परिषद्ले गतचैत ११ गतेदेखि मन्दिर बन्द गरेका थिए । पछिल्लो समय सरकारले निजी तथा सार्वजनिक सवारी, सरकारी तथा निजी कार्यालय र बजार खुल्ला गर्दै लकडाउनलाई फितलो पार्दै लैजाने निर्णय गरेपछि जिल्लाका धार्मिक स्थलहरु पनि खुल्न थालेका हुन् । शुक्रबार भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र भीमेश्वर नगरपालिका २ बीचको छलफलपछि भक्तजनको लागि मन्दिर खुल्ला गरिएको भीमेश्वर नगरपालिका २ का वडाअध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिए ।

दैनिक हजारौं भक्तजनको भिड लाग्ने चर्चित भीमेश्वर मन्दिरमा खुलेकै दिन शनिबार सयौं संख्यामा भक्तजन मन्दिरमा दर्शन गर्न आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार मन्दिरमा कोरोना भाइरसको सतर्कता अपनाएर मन्दिर खुल्ला गरिएको हो । मन्दिरको बाहिर गेटमा हात धुने साबुन र स्यानिटाइजर राखिएको छ ।

मन्दिरमा दर्शन गर्न आउने सर्वसाधारणलाई सामाजिक दूरी कायम गरी अनिवार्य मास्कको प्रयोग गर्न लगाउने गरेको अध्यक्ष श्रेष्ठले बताए । मन्दिरको भित्री मूलगेट भने खोलिएको छैन । बाहिरी मुख्य च्यानल गेट मात्रै खुल्ला गरिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x