Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोरोनाबाट विदेशमा थप १६ जनाको निधन

कोरोनाबाट विदेशमा थप १६ जनाको निधन


काठमाडौं, साउन ५
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा आठ जना, कुवेतमा तीन जना, यूएईमा पाँच जनाको निधन भएको हो । कतारमा निधन भएका आठ जनामध्ये दुईको निधन हुनुभन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी छ जनाको निधनपछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोनामुक्त भएका छन् । संघका अनुसार जम्मा कोराना संक्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये सबै जना कोरोना भाइरसबाट मुक्त भएका छन् । समितिका अनुसार मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन । विदेशमा ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमणमुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार भारत, साउदी, यूएई र कुवेतमा मात्र नौ सय ५० जनामा नेपालीहरुमा यो साता कोरोना संक्रमणमा वृद्धि भएको हो । गैरआवासीय नेपाली संघ, नेपाल सरकार, र कुटनीतिक निकायको पहलमा विभिन्न २५ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २९ हजार सात सय ८० जना उद्धार भएको छ ।

यस्तै मलेसिया, साउदी, कतार, यूएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा एक सय ७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका चार सय ३४ जनामध्ये एक सय ५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै एक सय सातवटा शव नेपाल ल्याउन बाँकी छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x