Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबैंकिङ कसुरमा फरार प्रधानांग पक्राउ

बैंकिङ कसुरमा फरार प्रधानांग पक्राउ


काठमाडौं, साउन ७
बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त मधुराम प्रधानांगलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका ५ घर भई हाल सूर्यविनायक नगरपालिका ५ सल्लाघारी बस्ने ५८ वर्षीय प्रधानांगलाई सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रधानांगमाथि जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा पाँच दिन कैद र छ लाख ९६ हजार एक सय रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो । सोलगत्तै फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रधानांगलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जानकारी दिएको छ । यसैगरी परिसरले नकबजनी चोरी मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका ९ कमलविनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठलाई पनि सोमबार नै पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीका अनुसार जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा ११ हजार रुपैयाँ जरिवाना भई फरार रहेका प्याठलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्याठलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा जरिवाना तिरी छुटेको परिसरले जानकारी दिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x