Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभिजाद्वारा भुक्तानी सुरक्षा रोडम्यापको सुरूवात

भिजाद्वारा भुक्तानी सुरक्षा रोडम्यापको सुरूवात


काठमाडौं, भदौ २८
विश्वव्यापी भुक्तानी प्रविधि कम्पनी भिजाले २०२१ र त्यसपछिका लागि नयाँ रोडम्याप सुरूवात गरेको छ । यसले नेपालमा भुक्तानी सुरक्षाको दिशा निर्देशित गर्ने कम्पनीको भनाइ छ । भिजा सुरक्षा रोडम्याप (‘द रोडम्याप’) सुरूवात गर्दै एसिया प्यासिफिकका जोखिम प्रमुख जो कनिङहमले विश्वव्यापी महामारीले गर्दा अधिक उपभोक्ताहरू र व्यवसायहरूलाई डिजिटल व्यवसाय अपनाउन प्रेरित गरेको बताए ।

आजकल सबैजसो व्यक्तिहरू स्मार्टफोन र ल्यापटपजस्ता उपकरणहरूमार्फत भुक्तानी गर्न रुचाउँछन् । थुप्रै नयाँ प्रयोगकर्ताहरूसँग भुक्तानी इकोसिस्टममा प्रवेश गरिरहेका छन् । ‘जब व्यक्ति पहिलो पटक डिजिटल भुक्तानी गर्न प्रयास गर्छन्, चाहे यो अनलाइन खरिदहरूको लागि भुक्तानी गरिरहेको होस् वा पसलमा नगईकन कार्डले भुक्तानी गर्दै छ, भुक्तानी सजिलो छिटो र सुरक्षित भन्ने अनुभव महत्वपूर्ण छ’, उनले भने, ‘भुक्तानी सुरक्षा भिजाको सर्वोच्च प्राथमिकता हो र सम्बन्धित संस्थाका लागि साझा लक्ष्यहरूको निर्धारण हुनु डिजिटल भुक्तानीमा दीर्घकालीन विश्वास निर्माण गर्न मद्दतको लागि महत्वपूर्ण छ ।’

नेपालको लागि भिजाको भविष्यको सुरक्षा रोडम्यापले स्थानीय सम्बन्धित संस्थाकालाई विश्वव्यापी मापदण्डहरू र उत्तम अभ्यासहरू पूरा गर्न मद्दत गर्ने उनले बताए । कम्पनीले आउँदो वर्षहरूमा डिजिटल भुक्तानीको अधिक प्रयोगलाई बढुवा दिने उनको भनाइ छ । विश्वव्यापी रूपमा भिजाले सफलतापूर्वक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर वार्षिक २५ अर्ब अमेरिकी डलरको ठगी रोकेको छ । यसले विश्वव्यापी भुक्तानी इकोसिस्टमलाई खुद्रा बिक्रेता र उपभोक्ताहरूको लागि सुरक्षित बनाएको कम्पनीको दाबी छ । यसले मानव इन्टेलिजेन्स र टेक्नोलोजीमा लगानीको बहुस्तरयुक्त दृष्टिकोणबाट विश्वव्यापी ठगी दरहरू ऐतिहासिक ०.१ प्रतिशतभन्दा कम राखेको छ ।

डाटाको अवमूल्यन इको सिस्टमबाट संवेदनशील भुक्तानी डाटा वा चोरिएका खाताका विवरणहरू हटाउने, डाटाको सुरक्षाको साथसाथै खाता विवरणहरू सेफगार्ड्स लागू गरी व्यक्तिगत तथा खाता विवरण सुरक्षित गर्ने, डाटा कन्ट्रोल राम्रो लेनदेनको मञ्जुरीमा विश्वास वृद्धि गर्न सम्भावित ठगी हुनुभन्दा पहिले ठगी पहिचान गर्ने, सशक्तीकरण बनाउँदै खातावालाहरू र व्यापारीहरूसहित सबैलाई भुक्तान सुरक्षित गर्नमा सक्रिय भूमिका खेल्न सक्षम बनाउने कम्पनीको भनाइ छ ।

भिजाले वित्तीय संस्थाहरू, व्यापारीहरू, नीति निर्माताहरू, कानुन प्रवर्तन र भुक्तानी सुरक्षित गर्न खाता धारकहरूसहित सम्बन्धित सरोकारवालाहरूसँग काम गर्दैै आएको छ । भिजा फ्युचर अफ सेक्युरिटी रोडम्याप व्यापक परामर्श र सहयोगको उत्पादन हो, जसले नेपाल भुक्तानी सुरक्षामा आधिकारिक कागजात बनाउँछ । भिजाले विश्वव्यापी वाणिज्य इकोसिस्टमको सुरक्षा सुनिश्चित गर्नका साथै विश्वव्यापी वाणिज्य इकोसिस्टमको सुरक्षा सुनिश्चित गर्नका लागि सुरक्षा पहलहरू मिलाउन नेपालका संस्थासँग काम गर्दै छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x