Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमिर्गौलापीडित जुनालाई दक्षिण कोरियाबाट आर्थिक सहयोग

मिर्गौलापीडित जुनालाई दक्षिण कोरियाबाट आर्थिक सहयोग


काठमाडौं, भदौ २८
दक्षिण कोरियामा कार्यरत नेपालीहरुले नेपालमा रहेका मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेका छन् । तुम धी ख्यङसाङनाम्दो बुसान शाखा दक्षिण कोरियाद्वारा मिर्गौला पीडित लमजुङ, १ भंगारी निवासी जुना गुरुङलाई आर्थिक सहयोगस्वरुप करिब ७४ हजार रुपैयाँ प्रदान गरेका हुन् । गत बिहीबार संस्थाका सदस्यहरु छाउनीस्थित गुरुङको कोठामा गई उक्त नगद रकम प्रदान गरेका थिए ।

बुसान शाखाका सचिव गीतासिंह गुरुङले अनलाइनमार्फत कुरा गर्दै संस्था तथा व्यक्तिगत तर्फबाट जुनालाई उपचारको लागि रकम दिन पाँउदा निकै खुसी लागेको बताए । जुनालाई कोभिड १९ को कारण भएको बन्दाबन्दीका कारण रकम उपलब्ध गराउन केही समय ढिला भएको उनको भनाइ छ । यस्तै संस्थाका अध्यक्ष अनिश गुरुङले आर्थिक अभावका कारण उपचार गर्न समस्या परेकालाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए ।

‘हामी जुनालाई मात्र नभएर धेरैभन्दा धेरै व्यक्तिलाई उपचारका लागि सहयोग गर्नेछौँ’, अनिशले भने, ‘कोही पनि आर्थिक अभावका कारण उपचार पाउनबाट वञ्चित हुन् नपरोस् भन्ने हाम्रो उद्देश्य रहेको छ । त्यसैले हामी वा हाम्रो संस्थामा उपचारको लागि सहयोग माग गर्न आउनेहरुलाई हामी धेरथोर सहयोग गर्न सदैव तयार हुन्छौँ ।’ रकम लिएसँगै जुनाले पछिल्लो समय रकम अभावका कारण उपचार गर्न समस्या भइरहेको बताइन् । ‘सहयोग गर्ने संंस्था, व्यक्तिहरुलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु’, उनले भनिन्, ‘कोरियामा दुःख गरेर कमाएको रकम उपचारको लागि दिने व्यक्तिहरु भनेको अत्यन्त दयालु मानिस हुन् ।

यस्तो कठिन अवस्थामा पनि रकम संकलन गरी सहयोग गरेकोमा संस्था तथा व्यक्तिहरुको यो गुण जीवनभर सम्झिरहनेछु ।’ यस्तै कोरियामा जुना गुरुङ बचाउ अभियानमा संलग्न अभियानता कुमार विष्टले अवस्था जटिल भए पनि रकम संकलन गर्नको लागि सफल भएकोमा खुसी लागेको बताए । आगामी दिनमा पनि स्वदेश तथा विदेशमा समस्यामा परेका नेपालीहरुको सहयोगको लागि निरन्तर लाग्ने विष्टले बताए । कोरियामा रहेका अनिश गुरुङ, गितासिंह गुरुङ, कर्न गुरुङ, दिल प्रसाद शर्मा, प्रकाश लोप्तन, कुमार विष्ट, बेग मगर, हेमराज गुरुङलगायतको ४० भन्दा बढी व्यक्तिहरुले अभियानलाई आर्थिक सहयोग गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x