Techie IT
×
गृहपृष्ठनेपालचिसोबाट बच्न सिरक वितरण

चिसोबाट बच्न सिरक वितरण


आशिष बहादुर सिंह
बझाङ, पुस १०
बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिक, असहाय, विपन्नवर्ग तथा अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट बच्न सिरकहरु वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमका बीच हिउँदमा अत्यधिक चिसो हुने भएकाले गाउँपालिकाले सिरक वितरण गरेको हो ।

गत हप्ता परेको पानी र हिउँसँगै चिसो अत्यधिक मात्रामा बढेपछि गाउँपालिकाले वडा कार्यालयहरुको सिफारिसमा ज्येष्ठ नागरिक, अति विपन्न वर्ग, फरक क्षमता भएका अपाङ्गता भएका व्यक्ति, एकल महिलालाई एक/एक वटा सिरक वितरण गरेको हो । गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले गत हप्तादेखि चिसो ह्वात्तै बढेकाले यस्तो कार्य गरिएको बताए ।

दुवै आँखा बन्द रहेका खप्तड छान्ना गाउँपालिका ७ का जहरी सिंहले हामी जस्ता असहाय, गरिब दीनदुःखीका लागि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो भएको बताए । गाउँपालिकाका सातवटा वडाहरुबाट प्रतिवडा १५ देखि २० जनालाई छनौट गरेर जम्मा एक सय ५ जनालाई सिरक वितरण गरिएको छ । गाउँपालिकाले गरेको कामप्रति गाउँका गरिब निमुखा जनतालाई निकै राहत पुगेको स्थानीयले बताएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया