Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालरसुवागढी नाका सञ्चालन गर्ने सहमति

रसुवागढी नाका सञ्चालन गर्ने सहमति


काठमाडौं ।
केही श्रमिकलाई कोरोना देखिएपछि बन्द भएको रसुवागढी नाका सञ्चालनमा ल्याउन नेपाल र चीनबीच सहमति भएको छ । गत माघदेखि बन्द भएको उक्त नाका केही समयअगाडि थोरैथोरै सामान ल्याउने गरी खोलिए पनि नेपाली श्रमिकमा कोरोना देखिएपछि चीनले एकपक्षीय निर्णय गरी बन्द गरेको थियो ।

दशैँ तिहारजस्ता ठूला चाड आए पनि नेपाली व्यापारीको सामान चीनको केरुङमै रोकिएपछि नेपाली व्यवसायीले नाका खुलाएर सामान नेपाल ल्याउने व्यवस्था मिलाउन पटक–पटक आग्रह गर्दै आएका थिए । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले दिएको जानकारीअनुसार नेपाल र चीनबीच उक्त नाका सुचारु गर्ने विषयमा सहमति भएको छ ।

मन्त्री ज्ञवालीका अनुसार उक्त नाका भएर बुधबार बीसीजीलगायत अत्यावश्यक खोप र औषधि नेपाल भित्रिएको छ भने चीनतर्फ रोकिएका सामानहरु एक हप्ताभित्र नेपाल भित्रिनेछ । यस्तै सरकारले नेपाल–चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल वार्ताका लागि कार्यसूची र टोलीको नाम स्वीकृत गरेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया