Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालफेरि लकडाउन गर्न सुझाव

फेरि लकडाउन गर्न सुझाव


काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि देशव्यापी लकडाउन गर्नुपर्ने सुझाव दिएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले त्यस्तो सुझाव दिएको हो । २५ हजारभन्दा बढी संक्रमित देखिएमा नेपालका अस्पतालहरुको पूर्वाधारले धान्न नसक्ने मन्त्रालयको दाबी छ ।

स्वास्थ्य मन्त्रालयले २५ हजारभन्दा बढी कोरोना संक्रमितहरुलाई नेपालका अस्पतालहरुले धान्न नसक्ने दाबी गरे पनि मन्त्रीहरुले नै अब कहिल्यै पनि लकडाउन नहुने र कोरोनासँग जुध्दै आर्थिक गतिविधि पनि जारी राख्नुपर्ने बताउँदै आएका छन् । व्यवसायी र सर्वसाधारणले पनि कोरोनासँगै व्यावसायिक गतिविधि पनि जारी राख्नुपर्ने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपालमा १७ हजार चार सय १४ जना कोरोनाका संक्रिय संक्रमित छन् । बुधबार मात्र एक हजार एक सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । सरकारले गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म लकडाउन गरेको थियो भने त्यसपछि विभिन्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएका थिए । यसबाट देशको आर्थिक चौपट भएको छ । त्यही कारण अर्थतन्त्रका विज्ञहरुले स्वास्थय सावधानी अपनाएर आर्थिक गतिविधि जारी राख्नुपर्ने बताएका हुन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया