Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालछबीसपाथिभेरा गाउँपालिकाद्वारा १० शैय्याको आइसोलेसन निर्माण

छबीसपाथिभेरा गाउँपालिकाद्वारा १० शैय्याको आइसोलेसन निर्माण


आशिष बहादुर सिंह
बझाङ ।
बझाङ जिल्लाको छबीसपाथिभेरा गाउँपालिका वडा नम्बर दुईले १० शैयाको आइसोलेसन निर्माण गरेको छ । विश्वमा नै महामारीको रूपमा फैलिएको कोरोनाको जोखिमलाई कम गर्नका लागि जयपृथ्वी नगरको सत्यवादी माविको भवनमा कोभिड आइसोलेसन केन्द्र बनाएको वडा नम्बर २ का वडा अध्यक्ष विकासकुमार अयडीले बताए । उनले भने, ‘गाउँपालिकाभरि १९ जना संक्रमित भइसकेका छन्, वडा नंम्बर २ मा पनि २ जना संक्रमित निको भई घर फर्किसकेका छन् ।’

भविष्यमा आउनसक्ने जोखिमलाई मध्यनजर गर्दै आइसोलेसन बनाएको र यो गाउँपालिकाभरिकै पहिलो आइसोलेसन भएको अध्यक्ष अयडीले बताए । छबीसपाथिभेरा गाउँपालिकामा १९ जना कोरोना संक्रमित रहेका छन् । संघीय सरकारले तत्कालको लागि प्रत्येक स्थानीय तहमा पाँच शैय्याको कोभिड अस्पताल बनाउन १० लाख बजेट एक एमबीबीएस डाक्टरसहित दुई जना स्टाफनर्सको दरबन्दी पनि पठाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया