Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभालुको आक्रमणबाट एक जना गम्भीर घाइते

भालुको आक्रमणबाट एक जना गम्भीर घाइते


सोलुखुम्बु ।
भालुको आक्रमणबाट सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ खोरियामा एक वृद्धा गम्भीर घाइते भएकी छिन् । सोमबार बिहान करिब साढे १० बजे घरनजिकैको मकैबारीमा भालुले आक्रमण गर्दा स्थानीय ८० वर्षीया विमाया श्रेष्ठ गम्भीर घाइते भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीको भनाइ छ ।

घाइते श्रेष्ठको अहिले जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको उपचारमा सलंग्न डाक्टर ओमप्रकाश थापाले बताए । उनका अनुसार घाइतेको आँखा, पाखुरा र ढाड पनि गहिरो चोट लागेको छ । पाको उमेर भएकाले उपचारमा जटिलता आउन सक्ने भएकाले काठमाडौँ रेफर गर्ने अवस्था आउन सक्ने उपचारमा संलग्न डा. थापाको भनाइ छ ।

अहिले सामान्य उपचार यही गरिरहेको उनको भनाइ छ । जिल्लामा नै उपचार हुने सम्भावना न्यून रहेको उनले बताए । घरअगाडिको मकैबारीमा गएकी श्रेष्ठलाई एक्कासी भालुले आक्रमण गरेको आफन्त धनकुमार श्रेष्ठले जानकारी दिए ।

घरमा एक्लै बस्दै आएकि वृद्धाको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको बताइएको छ । जिल्लामा भालुको आक्रमणबाट वर्षेनी बालीनालीसहित मानवीय क्षति हुनेगरेको छ । केही दिनअघि मात्र जिल्लाको महाकुलुङमा भालुकै आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । यो समयमा भालुले बच्चा जन्माउने भएकाले बढी आक्रामक हुने डिभिजन बन कार्यालय सोलुखुम्बुका प्रमुख डाक्टर इन्द्र सापकोटाले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया