Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोरोना विशेष अस्पतालको स्तरोन्नति गरिने

कोरोना विशेष अस्पतालको स्तरोन्नति गरिने


बाँके ।
जिल्ला समन्वय समितिमा बाँकेमा रहेको चार करोड रुपैयाँ कोरोना विशेष अस्पतालको स्तरोन्नतिका लागि खर्च गरिने भएको छ । बाँकेमा कोरोना संक्रमितको संख्या दैनिक बढेको र आवश्यकताअनुसार आइसोलेसन तथा यसका लागि बजेट अभाव देखिएकाले उक्त रकम खर्च गरिने भएको हो ।

केही दिनअघि बसको मन्त्रिपरिषद् बैठकले जिल्ला सममन्वय समिति बाँकेमा रहेको चार करोड रुपैयाँ कोरोना विशेष अस्पतालको स्तरोन्नतिका लागि खर्च गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद्को यस्तो निर्णयसँगै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ नेतृत्वको टोलीले अस्पतालमा थप बेडसहितको आइसोलेसनको सम्भाव्यताबारे अवलोकन समेत गरेको छ ।

उक्त टोलीमा अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्जका इन्जिनियर विजय केशर खनाललगायतको टोलीले भेरी अस्पतालको सम्भाव्यताबारे अवलोकन गरेको थियो ।

भेरी अस्पतालमा अक्सिजन सुविधासहित ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइए पनि लक्षणसहितका गम्भीर बिरामीहरुको संख्या बढ्दै गएपछि थप आइसोलेसनसहितको सेवा अनिवार्य देखिएको हो ।

बढ्दो कोरोना संक्रमितको सहज र प्रभावकारी उपचारका लागि भेरी अस्पतालमै थप बेडसहितको आइसोलेसन सञ्चालन गर्नेमा सरोकारवालाहरुले प्रतिबद्धता समेत जनाएका छन् । भेरी अस्पताल कोरोना विशेष अस्पतालका कोभिड–१९ कमाण्डर डाक्टर श्यामसुन्दर यादवले भेरी अस्पतालभित्रै थप आइसोलेसन सञ्चालन गर्नुपर्ने बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया