Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआज २० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

आज २० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सोमबार २० अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति असोज २० गते तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।

बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको २० अर्ब रुपैयाँको रहेको छ । सोमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ पुुस २१ गते तोकिएको छ भने एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि वि.सं. २०७७ चैत १४ गते तोकिएको छ ।

यसअघि यही असोज १२ गते पनि राष्ट्र बैंकले तीन अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको तीन अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको जारी बैंकले जनाएको छ । यसैगरी राष्ट्र बैंकले आगामी मंगलबार सात वर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘घ’ बिक्री गर्ने भएको छ । जारी मिति २०७७ असोज २१ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिति २०८४ असोज २१ गते तोकिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया