आशिष बहादुर सिंह
बझाङ, पुस २०
वर्षासँगै भएको हिमपातका कारण सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाको जनजीवन प्रभावित बनेको छ । बझाङलगायत सुदूरपश्चिमका सबै पहाडी हिमाली जिल्लामा अहिलेसम्मकै भारी हिमापात भएको छ । हिमपातले यस क्षेत्रको जनजीवन कष्टकर हुनुका साथै विद्युत्, टेलिफोन सेवा तथा यातायात समेत बन्द भएको छ । यो हिमापात १० वर्षपछिकै ठूलो भएको स्थानीयबासीको भनाइ छ । हिउँले बझाङको सबैभन्दा गहिरो भागमा रहेको चैनपुरमा समेत हिमपात भएको छ ।
यातायातका साधन बन्द हुँदा धनगढी, महेन्द्रनगर, काठमाडौंलगायत जिल्ला बाहिर जाने र यात्रु अलपत्र परेका छन् । डडेल्धुरादेखि बझाङको सुनकुडासम्मको सडकमा ५ फिट हिमपात भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । त्यस्तै हिमपातले क्षति गरेका कारण सुदूरपश्चिमको पहाडी जिल्लामा नेपाल टेलिकमको सम्पूर्ण फोन तथा ल्याण्डलाइनको एडिएसएल सेवा अवरुद्ध भएको छ । टेलिकमका सम्पूर्ण फोन सेवा अवरुद्ध भएपछि यहाँका पहाडी जिल्ला बझाङ बाजुरालगायतका जिल्लामा शुक्रबारदेखि सञ्चार सम्पर्कविहीन हुनपुगेका छन् ।
बिहीबार दिउँसोदेखि परेको बाक्लो हिमपातका कारण नेपाल टेलिकमको डडेल्धुरास्थित काफली टावरमा खराबी आउँदा यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा र डोटीमा फोन सेवा तथा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ । यस्तै, डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा समेत अवरुद्ध छ । हिमपातका कारण विद्युत् सेवा अवरुद्ध भएको हो । अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालनमा ल्याउनको लागि कर्मचारी खटाइएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया