Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसूर्यविनायकको पाण्डोबजारमा ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’

सूर्यविनायकको पाण्डोबजारमा ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’


भक्तपुर । सूर्यविनायक नगरपालिका–६ पाण्डोबजारमा ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा आएको छ । जिआरएस कम्पनीले पाण्डोबजारस्थित विभूति घरमा उक्त स्टोर सञ्चालनमा ल्याएको हो । स्टोको जिआरएस कम्पनीका अध्यक्ष गोकूल वनले उद्घाटन गरेका थिए ।

युवा व्यवसायीद्वय गोकूल वन र राजु सुवालको एक करोड रुपैयाँको संयुक्त लगानीमा सञ्चालनमा आएको स्टोरले फागुन महिनाभरि उपभोक्तालाई प्रत्येक सामानमा पाँच देखि १५ प्रतिशतसम्म छुट दिने भएको छ ।

कम्पनीका सञ्चालक वनले काठमाडौंँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा गरी १२ सहरको मुख्य बजारमा डिपार्टमेन्टल स्टोरको शाखा बिस्तार गर्ने लक्ष्य रहेको बताए । भक्तपुरबाट डिपार्टमेन्टल स्टोर सञ्चालन सुरु गरेको भन्दै उनले कुल १२ करोडको लागतमा १२ ठाउँमा यसको शाखा विस्तार गरेर उपभोक्तालाई सहज र सुलभ सेवा दिने उद्देश्य रहेको सुनाए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x