बझाङ ।बझाङको सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ । नगरपालिकालाई बुधबार एक कार्यक्रमका बीच साक्षर नगर घोषणा गरिएको हो । घोषणा कार्यक्रमको पूर्वसन्ध्यामा नगर क्षेत्रका विभिन्न वार्डको अनुगमन समेत गरिएको थियो ।
नगरपालिकाले अनुगमन टोली गठन गरेर अनुगमन गरी साक्षर घोषणा गरेको हो । दुर्ई वर्षअगाडि जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्काको अध्यक्षतामा अनुगमन टोली गठन गरिएको थियो । १८ जना सहजकर्ताहरुले गाउँमा गएर साक्षरतासम्बन्धी डाटा संकलन गरेका थिए ।
प्रगतिशील युवा समाज र नगरपालिकाको साझेदारीमा साक्षरता अभियान चलाएको नगरपालिकाले जनाएको छ । नगरक्षेत्रका ११ वटै वडामा सहजकर्ताहरु पठाएर अनुगमन गर्दा ९५ प्रतिशतभन्दा बढीले लेखपढ गर्नसक्ने अर्थात् साक्षर व्यक्ति रहेको पाइएको जयपृथ्वी नगरपालिका शिक्षा शाखा संयोजक राजेन्द्र जोशीले बताए । अनुगमनमा घरधुरी, घरको मुली, परिवार सदस्य संख्या, साक्षर व्यक्ति, निरक्षर व्यक्ति, १५ वर्षमुनिको उमेर समूह तथा ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलगायतको विषयमा सर्भेफारम समेत भरिएको बताइएको छ ।
सरकारको मापदण्डअनुसार ९५ प्रतिशत व्यक्ति साक्षर रहेको अवस्थामा साक्षर गाउँ, नगर तथा जिल्ला घोषणा गर्नसक्ने व्यवस्था रहेको छ । सो मापदण्डअनुसार जयपृथ्वी नगरपालिकामा साक्षर व्यक्ति ९५ प्रतिशतभन्दा बढी रहेकाले साक्षर नगर घोषणाका लागि उपयुक्त रहेको जयपृथ्वी नगरपालिका प्राविधिक सहायक देविन्द्र जोशीले जानकारी दिए । उनका अनुसार नगरपालिकाकामा करिब एक हजार पाँच सय निरक्षर व्यक्तिहरुको डाटा संकलन भएको थियो । उनीहरुलाई साक्षरता सहजकर्ताहरु पठाएर दुई वर्षसम्म साक्षरता कार्यक्रम सञ्चालन गरी नगरपालिका साक्षर घोषणा गरिएको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया