Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘मल्टी स्पेसियाल्टी क्लिनिक’ सञ्चालन

‘मल्टी स्पेसियाल्टी क्लिनिक’ सञ्चालन


काठमाडौं । अत्याधुनिक उपकरणसहितको ‘मल्टी स्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा आउने भएको छ । नेपाल ल्याब हाउस गौशालाको केन्द्रमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)बाट अधिकार प्राप्त ‘ए’ क्याटेगोरी प्रयोगशालामा एनएचएल ‘मल्टिस्पेसियाल्टी क्लिनिक’ आइतबारदेखखि सञ्चालनमा आउने भएको हो ।

‘मल्टी स्पेसियाल्टी क्लिनिक’ यूएस, एफडीए, ईयूबाट स्वीकृतिप्राप्त अत्याधुनिक मेसिनसहितको ल्याब तथा पोलिक्लिनिक हो । यस पोलिक्लिनिकमा प्रत्येक दिन २० भन्दा बढी विशेषज्ञ डाक्टरसहितको ओपीडी सेवा सञ्चालन हुने बताइएको छ । मुटुरोग, सामान्य चिकित्सा, मधुमेह, थाइराइड तथा हर्माेन रोग, स्त्री तथा प्रसूति सेवालगायत विभिन्न रोगहरुको औषधि सेवा, खोप सेवा, वैदेशिक रोजगारमा जानेहरुको सम्पूर्ण स्वास्थ्य परीक्षण सेवा, होम सर्भिसलगायतका सेवाहरु पोलिक्लिनिकमा पाइने ल्याब हाउसले जानकारी दिएको छ ।

नेपाल ल्याब हाउसको प्रयोगशालामा कार्यकलाप रोग निदान विज्ञान, जीवरसायक विज्ञान र सूक्ष्म जीव विज्ञानमा एमडी गरेकाहरुबाट सिधै सुपरिवेक्षण हुन्छ । पोलिक्लिनिकले म्यामोग्राफी, डिजिटल एक्स रे, (डीआर सिस्टम) अल्ट्रासाउन्ड र इकोकार्डियोग्राफीलगायतका सेवाहरु पनि प्रदान गर्नेछ । ल्याब हाउसले घर तथा सामुदायिक चिकित्सा स्याहार पनि उपलब्ध गराउने जानकारी दिएको छ ।

साथै यहाँ बोलावट (अनकल) वा २४ घण्टा सेवारत रहने चिकित्सा, नर्सिङ तथा तालिम प्राप्त बिरामी रुङालो सेवाहरु, घरदैलो नमूना सङ्कलन, प्रयोगशाला प्रतिवेदन प्रवहन र औषधि, शृङ्गार तथा पोषण आहार (न्युट्राक्युटिकल्स)को आपूर्तिलगायत सेवाहरु दिइने ल्याब हाउसले जनाएको छ । साथै टी.बी, एचआइभी–एड्स, स्क्रब टाइफस, डेंगु र उद्भव भइरहेको अन्य रोगहरुका लागि पनि पीसीआर स्वाब घरघरमा गएर लिने योजनामा समेत रहेको जनाइएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x