काठमाडौं । सरकारले शनिबारदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोग निवारणका लागि पाँच जिल्लामा तीन प्रकार र पाँच जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
स्वास्थ्य विभागमा सोमबार भएको कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख डा. चुम्बनलाल दासले १० जिल्लामध्येको पाँच जिल्लामा पहिला चलाएको डाइथाइलकार्बामाजिन एक सय एमजी र चार सय एमजीको अल्बेन्डाजोल औषधिले रोग निवारण नभपछि अर्को थप औषधि दिन लागेको बताए । थप गरिएको आइभरमेक्टिन नामक औषधिले लुतोका साथै जुम्राको समेत काम गर्ने गदर्छ । डा. दासका अनुसार पाँच जिल्लामा भने डाइथाइलकार्बामाजिन एक सय एमजी र चार सय एमजीको अल्बेन्डाजोल औषधि मात्र दिइनेछ ।
महाशाखाका अनुसार मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा तीन प्रकारका औषधि प्रयोग गरिन्छ भने झापा, बारा, लमजुङ, पर्वत र बागलुङमा दुई प्रकारका मात्र औषधि प्रयोग गर्न लागिएको हो । १० जिल्लामा गरी करिब ६२ लाख ६३ हजार मानिसलाई औषधि दिइनेछ भने औषधि सेवन कार्यक्रममा चार हजार सात सय र आठ हजार आठ सय महिला स्वास्थ्य स्वंयसेविका परिचालन हुनेछन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया