Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालप्रदेश सरकारले करोडौँ खर्चेर किनेको बस चारवटा कार्यालयलाई बाँड्ने

प्रदेश सरकारले करोडौँ खर्चेर किनेको बस चारवटा कार्यालयलाई बाँड्ने


जनकपुरधाम । करिब एक वर्ष पहिला आफैँले सञ्चालन गर्नेगरी करोडौँ रूपैयाँ खर्चेर किनेको पाँचवटा बस मधेश प्रदेश सरकारले अब नचलाउने भएको छ । प्रदेश सरकारले उक्त बसलाई आफूले सञ्चालन नगरी अन्य कार्यालय दिने निर्णय गरेको हो ।

विनामापदण्ड तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको २०७७ सालको धनतेरसका दिन तीन करोड ३९ लाख ९० हजार रूपैयाँमा उक्त बस खरिद गरेका थिए । बस खरिद भएपनि त्यसलाई कसरी सञ्चालन गर्ने विषयमा खासै काम भएको थिएन । बस सञ्चालन गर्ने मापदण्ड तयार नभएपछि एक वर्षसम्म बस यतिकै थन्किएर बसेका थिए । उक्त बसलाई सञ्चालन गर्न मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले चारवटा संस्थाहरूलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए । बैठकले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुईवटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई एक/एकवटा बस सञ्चालनका लागि दिने निर्णय गरेको हो ।

सर्वसाधारणको सहजताका लागि सार्वजनिक यातायात सञ्चालन गर्न किनिएको बस सञ्चालन गर्न नसक्नु मधेश प्रदेश सरकारको ठूलो असफलता भएको सरोकारवालाहरूको भनाइ छ । मुख्यमन्त्री लालबाबु राउतकै नेतृत्वको मन्त्रीमण्डलले प्रदेशवासीलाई राजधानी जनकपुर आउन सजिलो हुने भन्दै जनकपुरधामबाट वीरगञ्ज र राजविराजसम्म बस सञ्चालन गर्नेगरी उक्त बस खरिद गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारले आफ्नै निर्णयविपरीत उक्त बस अन्य संस्थालाई वितराण गरेको हो । प्रदेश सरकारका प्रवक्ता मन्त्री साहले बस सञ्चालन गर्दा खर्च बढ्ने, कर्मचारीहरूको व्यवस्था गर्न समस्या हुने भएकोले सरकार आफैले बस संचालन गर्न नसकेको बताए । बस सञ्चालन गर्न लाग्ने रकमले धेरै पूर्वाधारको विकास गर्न सकिने देखिएको उनको दाबी छ । यस्तै मन्त्रिपरिषद्को बैठकले लहानमा रहेको यातायात व्यवस्था कार्यालयको सेवालाई विस्तार गरेर राजविराजमा समेत खोल्ने र युवा स्वरोजगार उद्योग कार्यक्रमको कार्यविधिलाई स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x