Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमेलम्ची र हेलम्बु बाढीप्रभावित क्षेत्रमा चार करोड रकम विनियोजन

मेलम्ची र हेलम्बु बाढीप्रभावित क्षेत्रमा चार करोड रकम विनियोजन


सिन्धुपाल्चोक । मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा चार करोड रकम विनियोजन गरेकोे छ । भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले तत्काल चार करोड रकम स्वीकृत गरेको हो ।

प्रस्तावित ११ करोडमध्ये बाँकी सात करोड रकम पनि चालू आर्थिक वर्षमा नै स्वीकृत भई कार्यान्वयनमा आउने बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए । मेलम्ची÷ इन्द्रावती नदि नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुदेखि ढाँडखोलासम्म ३१ वटा योजना समावेशसहित चार करोड विनियोजन भएकोमा बाढीप्रभवित सिपी दुलालले खुशी व्यक्त गरे । गत पुस २६ गते पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य युवराज दुलालले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट प्रभावितको तत्कालीन र दीर्घकालीन योजनाको बारेमा बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदेश सरकार सञ्चालन संयोजक समेत रहेका दुलालले मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलसँग यहाँको अस्थायी संरक्षण र दीर्घकालीन योजनाका बारेमा छलफल गरेका थिए । मन्त्रालयले रकम विनियोजन गरेपछि अब मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका अधिकांश क्षेत्रमा बाढीले पु-याएको प्रभावित क्षेत्रको संरक्षणको काम सुरु गरिने बताइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x