Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘सि लिभ्स सम्वेयर एल्स’ कथा संग्रह विमोचन

‘सि लिभ्स सम्वेयर एल्स’ कथा संग्रह विमोचन


काठमाडौं । माछापुच्छ्रे स्कुल ललितपुरका प्रधानाध्यापक सम्पूर्ण देवापातेद्वारा लिखित ‘सि लिभ्स सम्वेयर एल्स’ कथा संग्रह विमोचन गरिएको छ । माछापुच्छ्रे विद्यालय, ललितपुर कुसुन्तीमा एक कार्यक्रमका बीच उक्त पुस्तक विद्यालयका अध्यक्ष डा. विनोद प्रसाद यादवले विमोचन गरेका हुन् । पुस्तकमा कथाकार देवापोतका १० वटा कथाहरु समावेश छ । अध्यक्ष डा. यादवले वर्तमान सामाजिक परिवेशमा लेखिएका सुन्दर कथाहरुको संग्रहले समाज रुपान्तरणमा उल्लेखनीय भूमिका निर्वाह गर्न सहयोग पुग्ने बताए ।

पुस्तकको समीक्षा गर्दै लेखक तथा साहित्यकार भीम प्रसाद काफ्लेले देवापातेको कथा संग्रहमा केही कथाले पाठकलाई गुरु प्रसाद मैनालीको ‘नासो’ मुन्सी प्रेमचन्दनको ‘कफन’ र कतिपयले विलियम वर्डस्वर्थको ‘द सोलिटरी रीपर’ कविताको याद दिलाउने बताए । लेखक तथा साहित्यकार काफ्लेले देवपोतको पहिलो कथा संग्रह भए पनि कथाहरुमा अथाह मानवीय संवेदना, व्यथा र भावनाले भरिएको बताए ।

देवपोतले आफ्नो कथासंग्रह मिठासपूर्ण रहेको बताउँदै हरेक पाठकले यसलाई मन पराउने बताए । कोभिड १९ का कारण मुलुक बन्दाबन्दी भएको समयमा आफूले उक्त कथासंग्रह तयार पारेको बताउँदै देवापोतले आफ्नो धेरै अघिदेखिको रुचि महामारीको समयमा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्ने कथासंग्रह तयार गरेको बताए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x