Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअवैध क्रसर उद्योगमा अख्तियारको नजर

अवैध क्रसर उद्योगमा अख्तियारको नजर


कञ्चनपुर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कञ्चनपुरमा रहेका मापदण्ड, कानुनविपरीत अवैधरूपमा सञ्चालित अवैध क्रसर उद्योगमा चासो देखाएको छ । मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई कारबाहीका लागि आयोगले चासो देखाएको हो ।

आयोगको कञ्चनपुर कार्यालयले जिल्लामा रहेका अवैध क्रसर उद्योगविरुद्ध एक्सनमा जाने तयारी गरेको जनाएको छ । आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता चन्द्रकान्त बस्नेतले अवैध क्रसर उद्योगको जिल्ला प्रशासन कार्यालयबाट विवरण माग गरिएको बताए । जिल्लामा कानुनविपरीत अवैधरूपमा सञ्चालित क्रसर उद्योगबारे अख्तियारमा उजुरी परेसँगै अख्तियारले चासो दिएको बताए । ‘कार्यालयमा अवैध क्रसर उद्योगबारे उजुरी परेको छ’, उनले भने, ‘हामीले प्रशासनलाई चिठी नै लेखेर पत्र पठाएका छौँ, छानबिन गरेर कारबाही गर्छौँ ।’ राज्यको कानुन उलङ्घन गर्ने अवैध क्रसर उद्योगमाथि कारबाही चलाउने प्रवक्ता बस्नेतले बताए ।

अख्तियारले समेत अवैध क्रर उद्योगको छानबिन गरेर कारबाही गर्ने तयारी गरेको छ । ०७७ मंसिरमा तत्कालीन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो नेतृत्वमा जिल्लाका क्रसर उद्योगको अनुगमन गरेर गृहमन्त्रालयमा प्रतिवेदन पठाएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x