Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनर्भिकमा विश्वस्तरीय कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टर सञ्चालन

नर्भिकमा विश्वस्तरीय कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टर सञ्चालन


काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले विश्वस्तरीय कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टर सञ्चालनमा ल्याएको छ । अस्पतालले केही समयअघिदेखि एम हाउस परिसरमा निर्माण भएको नयाँ भवनमा कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टर सञ्चालनमा ल्याएको हो ।

कस्मेटिक, स्कीन तथा कपालसँग सम्बन्धित समस्या भएकाहरूलाई लक्षित गरी नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले व्यवस्थित डर्माटोलोजी सेन्टर स्थापना गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । उनका अनुसार हाल यो सेन्टरमा डा. सिरपा बज्राचार्य नेतृत्वको टिमले सेवा दिन थालेको छ । छालासम्बन्धी सम्पूर्ण समस्या भएकाले नर्भिकमा आएर अत्याधुनिक सेवा लिन सक्नेछन् ।

उनका अनुसार नर्भिकको यो सेन्टरमा देशका अरु अस्पताल वा यस्तै सेन्टरभन्दा राम्रो प्रडक्ट उपलब्ध हुनेछ । ‘आवश्यक सबै उपकरणहरू अरुभन्दा निकै नै स्तरीय र अत्याधुनिक मगाइएको छ । केही उपकरण आउन बाँकी छ’, मिश्रले भने, ‘उपकरणहरू आइसकेपछि नर्भिकको यो सेन्टरमा कस्मेटिक र स्किनसँग सम्बन्धित जुनसुकै समस्या निराकरणको विश्वस्तरीय पूर्ण प्याकेज उपलब्ध गराउन हामी सक्षम हुनेछौँ ।’

नर्भिकले विगत सात वर्षदेखि डा. सिरपाकै नेतृत्वमा स्किनसँग सम्बन्धित स्वास्थ्य समस्याको ओपीडी सञ्चालन गर्दै आएको थियो । अहिले त्यही सेवालाई विस्तार गरी कस्मेटिक समेत थपेर बृहत्रूपमा नयाँ ढंगले सञ्चालन गरेकोे छ । नर्भिकमा डा. बज्राचार्यको ओपीडी सेवा आइतबारदेखि शुक्रबारसम्म मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x