Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालस्टडी ग्रुपमार्फत स्नातक तहमा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई छात्रवृत्ति

स्टडी ग्रुपमार्फत स्नातक तहमा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई छात्रवृत्ति


काठमाडौं । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको छात्रवृत्तिको लागि आवेदन खुल्ला गरिएको छ । यसमा एफ १ र जे १ भिसामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले पनि आवेदन दिन पाउनेछन् । युनिभर्सिटीले स्प्रिङ र फल सेसनको लागि यो स्कलरसिप प्रदान गर्न लागेको हो । यसमा स्टडी ग्रुपमार्फत यस युनिभर्सिटीमा भर्ना गरेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।

यो स्कलरसिप पाउनको लागि विद्यार्थीहरुले कक्षा सुरु हुने पहिलो दिन अगाडि नै डिग्री सिकिङ स्टुडेन्टको रुपमा आवेदन दिएर हाई स्कुल डिप्लोमा अथवा सो सरह प्राप्त गर्नुपर्ने हुन्छ । यस छात्रवृत्तिको कुल रकम छ हजार डलर प्रतिवर्ष रहेको छ । छनोटको लागि विद्यार्थीहरूले मे १ सम्ममा आवेदन दिइसकेको हुनुपर्नेछ भने न्यूनतम जीपीए ३.५ हुनुपर्ने र एसएटी वा एसीटी स्कोर पेश गर्नुपर्नेछ । द देपान इन्टरन्यासनल, आठ हजार डलर स्कलरशिपमा विद्यार्थी वा स्कलर भिसामा भएको नयाँँ विद्यार्थीले आठ सेमेस्टरको लागि प्रतिवर्ष दुई हजार डलर पाउनेछन् । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीमा भर्ना हुनको लागि उत्कृष्ट शैक्षिक पृष्ठभूमि, ३.० जीपीए र अंग्रेजीमा दक्खल आवश्यक पर्छ ।

साथै सामुदायिक सेवामा आबद्ध भएको प्रमाण वा हाई स्कुलको कार्यक्रमहरुमा संलग्न भएको प्रमाण पनि आवश्यक पर्छ । यस्तै द देपान इन्टरन्यासनल स्कलरसिपमा भने चार सेमेस्टरका लागि प्रतिसेमेस्टर दुई हजार डलर प्राप्त गर्नेछन् । यसको लागि योग्य हुन ३.० जीपीए स्कोर, अंग्रेजीमा दक्खल र सामुदायिक सेवामा आबद्ध भएको प्रमाण आवश्यक पर्छ । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी विद्यार्थी केन्द्रित पब्लिक रिसर्च युनिभर्सिटी हो । यस युनिभर्सिटीमा अन्डर ग्राजुएट र पोस्ट ग्राजुएट गरेर एक सय ७० भन्दा बढी डिग्री कार्यक्रमहरु उपलब्ध छन् । स्टडी ग्रुपले यस विश्वविद्यालयसँग मिलेर नेपाली विद्यार्थीहरुको शैक्षिक र पेशागत लक्ष्य हासिल गर्न सहयोग गर्नेछ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x