Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न युथ फोरमको आयोजना

सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न युथ फोरमको आयोजना


काठमाडौं । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको युथ फोरमको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौंको एभरेष्ट होटलमा शुक्रबार र शनिबार हुने ‘को–अपरेटिभ एन्टरप्रेनरसिप नेसनल युथ फोरम’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सहभागिताको लागि नाम दर्ताको काम समेत भइरहेको छ । उक्त फोरमको सह आयोजकमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

फोरममा देशभरका दुई सय ५० सहकारीका सञ्चालक, युवा उद्यमीहरू र प्रतिनिधिहरूको सहभागिता रहने महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले बताए । फोरममा युवा र उद्यमशीलतासम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुति समेत हुने ढकालले जानकारी दिए । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका गोविन्द घिमिरे, अष्ट्रेलियाका पूर्वराजदूत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोकालगायतले नेपालमा युवा र उद्यशीलता विषयमा कार्यपत्र प्रस्तुत गर्ने संयोजक ढकालले बताए ।

सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न सहयोग गर्नु गोष्ठीको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ । ‘युवाहरूलाई उद्यमशील बनाउने, मुलुकको आर्थिक विकास र समृद्धिमा सहभागिता र योगदान बढाउन फोरमले भमिका खेल्ने अपेक्षा हामीले गरेका छौैँ’, उनले भने, ‘फोरमले सहकारीको नीति निर्माणमा युवा सहभागिताको लागि दबाब सिर्जना गर्न र सहकारीमा नवीन सोच, प्रविधिको विस्तार साथै युवामैत्री वातावरण निर्माणमा फोरमले सहयोग पु-याउने अपेक्षा गरिएको छ ।’


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x