Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएफवान सफ्टको चिफ इनोभेसन अफिसरमा सनत पौडेल

एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा सनत पौडेल


काठमाडौं । नेपालमा सफ्टवेयरको क्षेत्रमा काम गरिरहेको कम्पनी एफवान सफ्ट इन्टरनेशनलको चिफ इनोभेसन अफिसरमा सनत कुमार पौडेल नियुक्त भएका छन् । १६ वर्षभन्दा लामो बैंकिङ्ग क्षेत्रको अनुभव भएका पौडेल एफवान सफ्ट इन्टरनेशनलमा आबद्ध भएका हुन् ।

उनले नबिल बैंकमा १३ वर्षसम्म डिजिटलाइजेसन हेड, कार्ड एण्ड अल्टरनेट च्यानल हेडका रुपमा काम गरेका छन् । साथै उनले नबिल बैंकमै टेक्नोलोजी एण्ड डिजिटल बिजनेसका रुपमा समेत काम गरेका थिए । यसअघि पौडेल नेपाल बैंक लिमिटेडको कोर बैंकिङ्गको टेक्नोलोजी पार्टमा समेत आबद्ध थिए । यस्तै उनीसँग अन्य क्षेत्रमा पनि लामो समय सफ्टवेयर डेभलपमेन्टका रुपमा काम गरेको अनुभव छ । एफवान सफ्टमा पौडेलको आबद्धतासँगै एफवान सफ्टले विश्वमा विकास भएका नवीनतम प्रविधिलाई नेपाली माटो सुहाउँदो बनाउनुका साथै नेपालमा पनि आममानिसको दैनिक जनजीवन सहज बनाउने खालका सफ्टवेयरको निर्माण, विकास तथा डिजिटल भुक्तानीका क्षेत्रमा अझ नयाँ प्रविधिको विकासमा महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ ।

सफ्टवेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आईटी कम्पनीमध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्रीवितरण गर्दै आएको छ । एफवान सफ्ट गु्रप अन्तर्गत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका छन् । एफ्वान सफ्टअन्तर्गत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, कोजेन्ट हेल्थ, दियालो टेक्नोलोजिज, बससेवालगायतका स्थापित कम्पनी रहेका छन् । नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा एफवान सफ्टले विकास गरेका मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, भाइवर बैंकिङ्गलगायतका सोलुसन प्रयोग हुँदै आएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x