Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचितवनको भरतपुरमा भूमिहीन दलितलाई लालपुर्जा वितरण

चितवनको भरतपुरमा भूमिहीन दलितलाई लालपुर्जा वितरण


काठमाडौं । चितवनको भरतपुरमा भूमिहीन दलित घरपरिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न २ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई एक कार्यक्रमका बीच बुधबार पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लालपुर्जा वितरण गरेका हुन् ।

कार्यक्रममा उनले विकास निर्माण, समृद्धि र सुकुमबासी समस्या समाधान गर्ने काममा हातेमालो गर्न सबैलाई आग्रह गरे । सहमति, सहकार्य र एकताबाट अहिलेको अवस्थासम्म आइपुगेको भन्दै अध्यक्ष प्रचण्डले अबको विकास निर्माण, समृद्धि र भूमिसम्बन्धी समस्या समाधान पनि सबैको सहमति, सहकार्य र एकताबाट मात्रै सम्भव रहेको बताए । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध भएर लागिरहेको बताइन् ।

मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या दिगोरूपमा नै समाधान गर्न आफूहरू लागिरहेको भन्दै सबैको साथ, सहयोगबाट भूमिहीन दलित र सुकुमबासीलाई लालपुर्जा वितरण गर्न सम्भव भएको उल्लेख गरिन् । यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन दलित घर परिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ । यस्तै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले पछिल्लो चार महिनाको अवधिमा गाउँब्लकमा रहेका २० हजारभन्दा बढी घरपरिवारलाई लालपुर्जा वितरण गरिसकिएको जानकारी दिइन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x