Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमनमैजु माध्यमिक विद्यालयमा ‘बलराम सिटौला छात्रवृत्ति अक्षयकोष’ स्थापना

मनमैजु माध्यमिक विद्यालयमा ‘बलराम सिटौला छात्रवृत्ति अक्षयकोष’ स्थापना


काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष बलराम सिटौलाले मनमैजु माध्यमिक विद्यालयलाई नगद दुई लाख सहयोग गरेका छन् । उत्कृष्ट एवम् मिहिनेती विद्यार्थीहरुलाई छात्रवृत्ति प्रयोजनका लागि वडाध्यक्ष सिटौलाले छात्रवृत्ति अक्षयकोषको स्थापना गरेका हुन ।

वडाध्यक्ष सिटौलाले आफूले पाएको सेवा सुविधाबाट उक्त रकम छात्रवृत्ति प्रयोजनका लागि अक्षयकोषको स्थापना गर्न पाउदा खुसी लागेको बताए । उक्त अक्षयकोषको नाम ‘बलराम सिटौला छात्रवृत्ति अक्षयकोष’ राखिएको छ । मनमैजु माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरी उक्त कोषको स्थापना भएको हो ।

मिहिनेती विद्यार्थीहरुलाई उक्त कोषबाट छात्रवृत्ति प्रदान गरिने छ । वडाध्यक्ष सिटौला उक्त विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका छन् । वडाध्यक्ष सिटौलाले दुई लाख रुपैयाँ नगद विद्यालयकी प्रधानाध्यापक रविना महर्जनलाई हस्तान्तरण गरेका हुन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x