Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनर्भिकको युरोलोजी केन्द्रित अभियान

नर्भिकको युरोलोजी केन्द्रित अभियान


काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत चैत महिनाभरि युरोलोजी टिमलाई मात्र परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गरिरहेको छ । नर्भिकको यही रणनीतिअनुसार आउने शनिबार (चैत २६ गते) पनि युरोलोजीको दुईवटा टिम नै निःशुल्क ओपीडी सेवामा उपलब्ध हुने अस्पतालले जनाएको छ ।

अस्पतालले यो महिनाको सुरुवातदेखि नै युरोलोजी टिमलाई परिचालन गरी प्रत्येक शनिबार निःशुल्क ओपीडी चलाएको थियो । टिमले संचालन गर्ने निःशुल्क ओपीडी सेवाको समय भने सामान्य हेरफेर भएको छ । शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म युरोलोजी विशेषज्ञको अर्को टिमले पनि निःशुल्क ओपीडी सेवा सञ्चालन गर्नेछ । युरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त विष्ट र डा. सुनिल श्रेष्ठनेतृत्वको टिमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबैखालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ । मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । यसैगरी बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म युरोलोजी विशेषज्ञद्वय प्राडा रविन जोशी र डा. ईशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपीडी सेवा दिनेछ ।

मिर्गौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपीडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । नर्भिकमा हाल सानो प्वाल बनाई मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मिर्गौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ ।

यस्तै, दूरबिनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्युमरको समेत नर्भिकमा उपचार हुने गरेको छ । निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x