Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल११ खानेपानी उपभोक्ता समितिलाई सवारीसाधन

११ खानेपानी उपभोक्ता समितिलाई सवारीसाधन


काठमाडौं । एसियाली विकास बैंकले उपलब्ध गराएका सवारीसाधन विभिन्न ११ वटा खानेपानी आयोजनाको उपभोक्ता समितिका प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले शुक्रबार एक कार्यक्रमका बीच उक्त सवारीसाधन हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा उनले सरकारले उपलब्ध गराएका सवारीसाधनको समुचित उपयोग गरी खानेपानीका उपभोक्तालाई सेवा प्रदान गर्न आग्रह गरे । ‘उपभोक्तालाई खानेपानीको सेवा उपलब्ध गराएको मूल्याङ्कनका आधारमा सरकारले वितरण गरेको सवारीसाधनको दुरूपयोग नगरी २४सै घण्टा सेवाको लागि उपयोग होस्’, उनले भने, ‘खानेपानीको सेवा विस्तार र सहज बनाउने कार्यमा कोही कसैले राजनीति गर्न हुँदैन, यो राजनीति गर्ने विषय पनि होइन ।’ खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले हालसम्म मन्त्रालय मातहतका निकायले २५ वटा सवारीसाधन विभिन्न खानेपानी उपभोक्ता समितिलाई उपलब्ध गराएको भन्दै सवारीसाधनको प्रयोगमार्फत जनताको सेवामा लाग्न आग्रह गरे ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलले तीन सय किलोमिटरसम्मको लामो पाइपलाइनमार्फत खानेपानी वितरण गरिरहेका खानेपानी आयोजना सञ्चालनमा सहजता ल्याउन सरकारले सवारीसाधनसहित अन्य भौतिक सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताए ।

नेपाल सरकार र एसियाली विकास बैंकबीच भएको ऋण सम्झौताबमोजिम साना सहरी खानेपानी आयोजनासँग गरेको खरिद सम्झौताबमोजिम छवटा र सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) अयोजनासँग गरेको खरिद सम्झौताबमोजिम छवटा गरी ११ वटा सवारीसाधन ११ वटा खानेपानी अयोजनाको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।

विभिन्न खानेपानी आयोजनाको मर्मत सम्भार, अनुगमन, निरीक्षण र व्यवस्थित सञ्चालनको लागि ३० प्रतिशत लागत साझेदार भएका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूलाई ११ वटा पिकअप सवारीसाधन हस्तान्तरण गरिएको छ । साना सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना प्रमुख सालिकराम पौडेलका अनुसार काभ्रे पाँचखालको सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समिति, भरतपुर नगरपालिका १९ स्थित शारदानगर जागृती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, सप्तरीस्थित कन्चनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, दार्चुलास्थित खलंगा खानेपानी ढल तथा सरसफाइ उपभोक्ता समितिलाई सवारी वितरण गरिएको हो ।

त्यस्तै, कैलालीको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, डडेल्धुरास्थित खलंगा खानेपानी तथा सरफाइ समिति, कास्कीस्थित निर्मलपोखरी बागमारा पुडित साना सहरी खानेपानी सरसफाइ समिति, सर्लाहीस्थित लालबन्दी खानेपानी उपभोक्ता समिति, उदयपुरस्थित कटारी बजार नयाँ खानेपानी उपभोक्ता समिति, कैलालीस्थित लम्की साना सहरू खानेपानी तथा सरफाइ उपभोक्ता संस्था र भक्तपुरस्थित दधिकोट बृहत् खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिलाई एक÷एक वटा पिक सवारी वितरण गरिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x